रसुवामा बस दुर्घटना हुँदा ९ जना घाइते « प्रशासन
Logo १७ असार २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

रसुवामा बस दुर्घटना हुँदा ९ जना घाइते


१३ कार्तिक २०७९, आइतबार


नुवाकोट । रसुवाको जिवजिवेबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुवाहक बस रसुवाको कालिकामा दुर्घटना भएको छ।

कालिका गाउँपालिका–३ मा कालिका स्थानमा बस दुर्घटना हुँदा नौ जना घाइते भएका हुन्।

घाइतेहरूको नुवाकोट जिल्ला अस्पताल त्रिशूली र काठमाडौँमा उपचार भइरहेको छ। गम्भीर घाइतेको काठमाडौँको ट्रमा सेन्टरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

सडक मार्गमा अनियन्त्रित भई कान्तिपुर यातायातको बा ३ख६०३५ नं. को यात्रु बस कालिका स्थान मुनिको घुम्तीमा दुर्घटना भएको रसुवा प्रहरीले जनाएको छ। बसमा तिहार मनाएर नुवाकोट र काठमाडौँ जाँदै गरेका यात्रु रहेको बताइएको छ।

प्रहरीले बसका सहचालक र बसलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको रसुवा प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक कुलदीप चन्दको भनाई छ। घाइतेहरूलाई दुर्घटनापछि उद्धार गरी स्थानीय मेडिकल, त्रिशूली अस्पताल तथा काठमाडौँ पठाएर उपचार भइरहेको बताइएको छ।

बसका चालक भने दुर्घटनापछि फरार रहेका छन्। ४ जना घाइतेको नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा उपचार हुन नसकेपछि काठमाडौँस्थित ट्रमा सेन्टरमा थप उपचारका लागि पठाइएको छ। घाइतेहरूको स्वास्थ्यमा सुधार भइरहेको अस्पतालले जनाएको छ। सामान्य घाइतेहरू उपचारपछि घर फर्किएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस