नेप्सेमा वृद्धि कायमै, कारोबार रकम पाँच अर्ब नाघ्यो « प्रशासन
Logo १५ असार २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

नेप्सेमा वृद्धि कायमै, कारोबार रकम पाँच अर्ब नाघ्यो


३१ जेष्ठ २०८०, बुधबार


शेयर बजार

काठमाडौँ । आइतबारदेखि निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को परिसूचकमा आज पनि दोहोरो अङ्कको वृद्धि देखिएको छ ।

कारोबार रकम पनि बढेर पाँच अर्ब नाघेको छ । आज नेप्से परिसूचक १६ दशमलव ४२ अङ्कले बढेर दुई हजार ३७ दशमलव छ अङ्क कायम भएको छ ।

आज दुई सय ७५ वटा कम्पनीको एक करोड २५ लाख ६१ हजार चार सय ४० कित्ता शेयर ७९ हजार चार सय ६१ पटक खरिदबिक्री हुँदा पाँच अर्ब एक करोड ७८ लाख सात हजार छ सय ८२ बराबरको कारोबार भएको छ ।

आज विकास बैंक, वित्त, होटेल तथा पर्यटन, लगानी, निर्जीवन बीमा र व्यापार समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ ।

विकास बैंक समूह ३६ दशमलव २१, वित्त १५ दशमलव ८९, होटेल तथा पर्यटन ४३ दशमलव १६, लगानी शून्य दशमलव ३९, निर्जीवन बीमा ६७ दशमलव २७ र लगानी समूह २० दशमलव ०९ अङ्कले घटेको छ ।

उपसूचक बढ्नेमा सबैभन्दा धेरै जीवन बीमा समूह एक सय ६४ दशमलव ६६ अङ्कले बढेको छ । त्यसै गरी, बैंकिङ १५ दशमलव ७४, जलविद्युत् १२ दशमलव छ, उत्पादन तथा प्रशोधन ३४ दशमलव १६, लघुवित्त ६५ दशमलव एक, म्युचुअल फन्ड शून्य दशमलव एक र अन्य समूह ३२ दशमलव ९० अङ्कले बढेको छ ।

आजको कारोबारमा खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा राष्ट्रिय बीमा कम्पनी लिमिटेडको शेयर मूल्य पाँच दशमलव ६२ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै २८ करोड १७ लाख आठ हजार आठ सय ४२ बराबरको पाँच लाख ३४ हजार चार सय ५६ कित्ता शेयर किनबेच भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस