सेनाको ‘अभ्यास हातेमालो’ को छैटौँ संस्करण सुरु « प्रशासन
Logo १९ असार २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सेनाको ‘अभ्यास हातेमालो’ को छैटौँ संस्करण सुरु


२४ माघ २०८०, बुधबार


काठमाडौँ । नेपाली सेनाको अगुवाइमा विपद् व्यवस्थापनलाई व्यवस्थित तथा प्रभावकारी बनाउन यससँग सरोकार राख्ने सरकारी तथा गैरसरकारी निकायको सहभागितामा तीनदिने एकीकृत अभ्यास ‘अभ्यास हातेमालो’को छैटौँ संस्करण आजदेखि सुरु भएको छ ।

जङ्गी अड्डामा उक्त अभ्यासको उद्घाटन गर्दै बलाधिकृत रथी अशोकराज सिग्देलले विपद् प्रतिकार्य तथा न्यूनीकरणमा सरोकारवाला निकायबीच एकीकृत एवं समन्वयात्मक रूपमा काम गर्न अभ्यास उपयोगी हुने विश्वास व्यक्त गरे । उनले अभ्यास हातेमालोले विपद् प्रतिकार्यसँग सम्बद्ध निकायबीचको एकता र व्यावसायिक क्षमता अभिवृद्धि गर्न टेवा पुग्नुको साथै विपद् प्रतिकार्य क्षमतालाई सशक्त तुल्याउन मद्दत पुग्ने बताए ।

राष्ट्रियस्तरमा विपद् व्यवस्थापनका क्षेत्रमा भइरहेका गतिविधिको समीक्षा, प्रतिकार्य क्षमता अभिवृद्धि र सरोकारवाला निकायबीच समन्वय तथा सहकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले २०७५ सालदेखि अभ्यास हातेमालो सञ्चालन हुँदै आइरहेको छ ।

त्यस अवसरमा नेपाली सेनाका वरिष्ठ अधिकारी, विभिन्न मन्त्रालयलगायत सरकारी निकायका प्रतिनिधि, संयुक्त राष्ट्रसङ्घीय निकाय, नेपाल रेडक्रस सोसाइटीलगायत गैरसरकारी संस्थाका प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि सहभागी रहेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस