विन्दु अधिकारी ढकालद्वारा लिखित संस्मरण सङ्ग्रह कोपिलाका सुगन्ध विमोचन « प्रशासन
Logo १७ असार २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

विन्दु अधिकारी ढकालद्वारा लिखित संस्मरण सङ्ग्रह कोपिलाका सुगन्ध विमोचन


५ जेष्ठ २०८१, शनिबार


काठमाडौँ । देशका विविध क्षेत्रमा ख्याति कमाएका व्यक्तिहरूको बालपन समेटिएको विन्दु अधिकारी ढकालद्वारा लिखित संस्मरण सङ्ग्रह कोपिलाका सुगन्ध आज एक कार्यक्रमकाबीच विमोचन गरिएको छ ।

सीताराम-पदमकुमारी फाउन्डेसनले आज यहाँ आयोजना गरेको एक कार्यक्रममा वरिष्ठ कलाकार एवं हाँस्यकलाकार हरिवंश आचार्यले उक्त पुस्तक विमोचन गरेका हुन् । पुस्तक विमोचनमा बोल्दै वरिष्ठ कलाकार एवं हाँस्यकलाकार हरिवंश आचार्यले कोपिलाका सुगन्ध संस्मरण सङ्ग्रहमा देशका विविध क्षेत्रमा ख्याति कमाएका व्यक्तिहरूको बालपन समेटिएकाले यो निकै मन छुने र पढ्नै पर्ने पुस्तक भएको बताए ।

उनले भने, “यो पुस्तकमा मेरो कथा सहित देशका ख्याति प्राप्त व्यक्तिहरूका कथाका विषयमा लेखिएको छ, लेखन तथा साहित्यिक क्षत्रेमा यति सम्मको कलम चलाउन सक्नु ठूलो कुरा हो ।” यसैगरी उहाँले मदनकृष्ण श्रेष्ठ र आफूले हास्यव्यङ्ग्यकै माध्यमबाट चिनिन सफल भएका र उक्त क्षेत्रमा काम गर्दा कयौँ पटक प्रहरी खोरमा समेत पर्नु परेको स्मरण गराउनु भएको थियो । घर परिवारले सहयोग र साथ दिए साहित्यदेखि कथा, कविता र पुस्तक लेखनको क्षेत्रमा निकै सहज हुने एवं जस्तो समस्या आए पनि समाधान हुने उनको भनाई थियो ।

यसैगरी कार्यक्रमका अर्का अतिथि तथा हास्य कलाकार मनोज गजुरेलले विन्दु अधिकारी ढकालद्वारा लिखित संस्मरण सङ्ग्रह कोपिलाका सुगन्ध निकै मार्मिक एवं समय सान्दर्भिक रहेको बताए । उनले भने, “विन्दु अधिकारी ढकालले लेख्नु भएको पुस्तक निकै मार्मिक र समय सान्दर्भिक छ, विविध क्षेत्रमा ख्याति कमाएका व्यक्तिहरूको बालपन पनि समेटिएकाले पढ्न रुचियुक्त छ ।”

यसैगरी सो कार्यक्रमका अतिथि एवं पूर्व मन्त्री सङ्कर प्रसाद कोइरालाले विन्दु अधिकारी ढकालद्वारा लिखित संस्मरण सङ्ग्रह कोपिलाका सुगन्ध पुस्तक भित्र राखिएका विभिन्न व्यक्तिका बालापन समेटिएका कुरा निकै मन छुने खालका भएका बताए । कोपिलाका सुगन्ध पुस्तक जस्तै पुनः अन्य पुस्तक लेखनमा लेखिकाको कलम सधैँ चलिरहोस् भन्दै उनले शुभकामना समेत दिनु भएको थियो ।

उक्त पुस्तकका लेखिका विन्दु अधिकारी ढकालले घर परिवार, विभिन्न राष्ट्रिय स्तरका पत्रपत्रिकाका एवं सञ्चारमाध्यमको साथ र सहयोगका कारण आफूले साहित्य लगायत पुस्तक लेखनका क्षेत्रमा अगि बढ्न सफल भएको बताए । उनले भने, “एक दशकदेखिको आफ्नो साहित्यिक यात्रामा विगत पाँच वर्षदेखि गोरखापत्रको सहप्रकासन मुनाको बालापन स्तम्भमा आबद्ध भए, उक्त क्षेत्रमा लेख्न थालेपछि मारो साहित्यिक एवं लेखन कार्य उकालो लाग्न सफल भएको हो ।”

विभिन्न हन्डर र ठक्कर खाएर भए पनि आफूले साहित्यिक एवं लेखन क्षेत्रलाई अझै अगाडि बढाउँदै लैजाने योजनामा रहेको उनको भनाई थियो । यसैगरी उहाँले आफ्ना श्रीमान् एवं प्रहरी अतिरिक्त महानिरीक्षक भीमप्रसाद ढकालका कारण आफू साहित्यिक एवं लेखन क्षेत्रमा अगाडि बढ्न सफल हुँदै आएको बताइन ।

ढकालद्वारा लिखित उक्त पुस्तकमा अनुराधा कोइराला, डा आशा सिंह, उर्मिला उपाध्याय गर्ग, करिष्मा मानन्धर, कालीप्रसाद बास्कोटा, कुलमान घिसिङ, कृष्णचन्द्र शर्मा, प्रा डा कृष्णहरि बराल, केदार घिमिरे (माग्ने बुढा), गङ्गा सुबेदी, गङ्गाप्रसाद उप्रेती, गीता केशरी, गुणराज लुइँटेल, डा चन्द्रमणि अधिकारी, जितु नेपाल (मुन्द्रे), ढुण्डिराज शास्त्री, तिलबहादुर कार्की, दिनेशकुमार थपलिया, डा निलम ढुङ्गाना, परशु प्रधान, पारस खड्का, प्रकाश सपुत, प्रतिभा राणा, भवानी राणा, भेषराज कँडेल, मनोज गजुरेल, महाप्रसाद अधिकारी, महावीर पुन, माधवकुमार नेपाल, प्रा माधवप्रसाद आचार्य, डा मानबहादुर विश्वकर्मा, मेलिना राई, मोदनाथ प्रश्रित, यादव खरेल, डा यादवकुमार भट्ट, प्रा डा युवराज सङ्ग्रौला, राजेश हमाल, राधिका शाक्य, व्याकुल माइला, सङ्कर प्रसाद कोइराला, शशी शाह, डा शान्त राज सुबेदी, शेरबहादुर कुँवर केसी, सपना प्रधान मल्ल, सर्वेन्द्र खनाल, सिताराम कट्टेल ९धुर्मुस०, सुनिल पोख्रेल, सुशीला कार्की तथा हरिवंश आचार्यका बालपन समेटिएका विषयमा लेखिएको छ ।

यस अघि पनि लेखिका ढकालले विन्दुहरू कविता सङ्ग्रह, मावली दिदी कथा सङ्ग्रह प्रकाशन गरिसक्नु भएको आजको कार्यक्रममा जानकारी दिइएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस