गृहमन्त्री लामिछानेले भने-विपद् व्यवस्थापनमा ढिलासुस्ती गर्ने छुट कसैलाई छैन « प्रशासन
Logo १९ असार २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

गृहमन्त्री लामिछानेले भने-विपद् व्यवस्थापनमा ढिलासुस्ती गर्ने छुट कसैलाई छैन


२१ जेष्ठ २०८१, सोमबार


काठमाडौँ। उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले विपद् व्यवस्थापनमा ढिलासुस्ती गर्ने छुट कसैलाई नभएको बताएका छन् ।

सिंहदरवारमा सोमबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा उनले विद्यमान ऐन कानूनका कारण विपद् व्यवस्थापनमा ढिलासुस्ती गर्ने छुट कसैलाई नभएको बताएका हुन् ।

उनले मनसुन अगावै विपद् व्यवस्थापनसम्बन्धी जटिल नीति नियम सच्चाउन समेत निर्देशन दिए । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि कुनै कानून, कार्यविधिले व्यवधान भएको भए आफूलाई जानकारी दिन आग्रह गर्दै गृहमन्त्री लामिछाने कानूनी एवं प्रक्रियागत जटिलता सरकारले अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८१ स्वीकृत गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस