चौबिसै घण्टा तैनाथ रहने गरी मनसुन प्रतिकार्य टोली गठन « प्रशासन
Logo १९ असार २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

चौबिसै घण्टा तैनाथ रहने गरी मनसुन प्रतिकार्य टोली गठन


२२ जेष्ठ २०८१, मंगलबार


काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले २४सैँ घण्टा तैनाथ रहने गरी विपद् व्यवस्थापन तालिम प्राप्त ‘डेडिकेटेड’ मनसुन प्रतिकार्य टोली गठन गरेको छ ।

मनसुनको समयमा बाढी, पहिरो, डुबान एवं विपद्मा परेकाको तत्कालै उद्धारका लागि बाहिनी, शिक्षालय तथा गणमा सिनियर अफिसरको कमाण्डमा एक प्लाटुन र गुल्महरूमा सिनियर अफिसरको कमाण्डमा माइनस प्लाटुन रहने जनाइएको छ । अन्य युनिटहरूमा एक सेक्सनको नफ्रिमा उपलब्ध स्रोतसाधनसहित मनसुन प्रतिकार्य टोली गठन गरिएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरी, नं २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की, नं ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही, नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेत, नं ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले सातरसात प्लाटुन, नं ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरले ५ र नं ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौँले तीन प्लाटुन जनशक्ति चौबिसै घण्टा खटाउने गरी तयारी अवस्थामा राखेका छन् । सबै बाहिनीका गरी ५० वटा टोली विपद् प्रतिकार्य र विपद् जोखिम न्यूनीकरण सचेतनाका लागि फिल्डमा खटाइएका छन् ।

 ‘डेडिकेटेड’ मनसुन प्रतिकार्य टोलीले प्रदेश, जिल्ला तथा स्थानीय तहहरूमा रहेका आपत्कालीन कार्य सञ्चालन केन्द्र, विपद् व्यवस्थापन समिति एवं अन्य विपद् व्यवस्थापनसँग सम्बद्ध सम्पूर्ण सरोकारवाला निकायसँग समन्वय र सहकार्यमा विपद् व्यवस्थापन प्रतिकार्य गर्नेछ ।

सो टोलीले आफ्नो जिम्मेवारी रहेको इलाकामा पर्ने जोखिमयुक्त स्थान तथा बस्तीलगायत महत्त्वपूर्ण संरचनाजस्तै पुल, कल्भर्ट राजमार्ग, लोकमार्ग आदिको पहिचान गरी विपद्को समयमा तुरुन्त उद्धार तथा परिचालन हुन सक्ने व्यवस्था मिलाउने छ  । बाहिनी मुख्यालय, शिक्षालय, गण र गुल्महरूमा सिनियर अधिकृतको कमाण्डमा र बिओपी तथा बेसहरूमा जुनियर अधिकृतको कमाण्डमा विपद् व्यवस्थापन सेल गठन गरी सम्पर्क अधिकृतको व्यवस्था मिलाइएको छ ।

सशस्त्र प्रहरी बल नेपालका कार्यालयमा रहेका हेरि इक्युपमेन्टहरु, डिजास्टर रिलिफ सिस्टम कन्टेनर र मास क्याज्युल्टी भेहिकलसमेत तयारी अवस्थामा राखिएका छन् । बाढी, पहिरो, डुबानका घटनालाई लक्षित गरी सबै बाहिनी मुख्यालयले मातहतलाई मनसुनजन्य विपद् प्रतिकार्य पूर्व अभ्याससमेत सञ्चालन गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस