निर्वाचित सांसदलाई ५ करोड र समानुपातिकलाई डेढ करोड बाँड्ने मुख्यमन्त्रीको घोषणा  « प्रशासन
Logo २० असार २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

निर्वाचित सांसदलाई ५ करोड र समानुपातिकलाई डेढ करोड बाँड्ने मुख्यमन्त्रीको घोषणा 


२५ जेष्ठ २०८१, शुक्रबार


काठमाडौँ । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले सम्बन्धित मन्त्रालयमार्फत सांसदहरूको क्षेत्रको विकासका लागि बजेट उपलब्ध गराउने घोषणा गरेका छन् ।

उनले निर्वाचित सांसदलाई ५ करोड र समानुपातिक सांसदलाई डेढ करोड बजेट उपलब्ध गराउने घोषणा गरेका हुन् ।

संघमा संसदीय विकास कोष खारेज भइसकेको छ । मधेशसहितका केही प्रदेशले संसदीय विकास कोषको निरन्तरता दिएको थिए, तर अदालतमा मुद्दा परेकाले चालू आर्थिक वर्षमा मधेशमा पनि सांसदहरूले सो रकम खर्च गर्न पाएका छैनन् ।

मुख्यमन्त्री सिंहले भने घुमाउरो ढंगले सांसदलाई रकम बाँड्न खोजेका छन् ।

मधेश प्रदेशमा १०७ सांसदमध्ये ६४ निर्वाचित छन् । जसमध्ये लोसपाका एक सांसद अभिराम शर्मा निलम्बित छन् । ४३ समानुपातिक सांसद छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस