भौतिक पूर्वाधार मन्त्री महासेठको राजीनामा माग « प्रशासन
Logo १२ असार २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

भौतिक पूर्वाधार मन्त्री महासेठको राजीनामा माग


४ असार २०८१, मंगलबार


काठमाडौँ। नेपाली काँग्रेसका सांसद तेजुलाल चौधरीले बजेट विनियोजनमा पक्षपात गरेको भन्दै भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठको राजीनामा माग गरेका छन् ।

प्रतिनिधि सभामा विनियोजन शीर्षकमा जारी छलफलमा भाग लिँदै सप्तरी-४ बाट निर्वाचित सांसद चौधरीले आफ्नो क्षेत्रमा एक रुपैयाँ पनि नछुट्याएको भन्दै भौतिक मन्त्रीको राजीनामा मागेका हुन् ।

उनले भने, ‘ मेरो निर्वाचन क्षेत्र सप्तरी-४मा १ लाख त के ५० पैसा पनि बजेट विनियोजन भएको छैन । देशको समग्र भौतिक पूर्वाधारको जिम्मा नलिने मन्त्रीको के काम ? त्यसकारण म भौतिक मन्त्रीको राजीनामा माग गर्दछु।’

चौधरीले भौतिक मन्त्रीको आफूसँग के दुस्मनी छ भनेर पनि प्रश्न गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस