पुराना दलसँग लसपस गरिरहे रास्वपा पनि हराउँछ : डा. बाबुराम भट्टराई « प्रशासन
Logo २० असार २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

पुराना दलसँग लसपस गरिरहे रास्वपा पनि हराउँछ : डा. बाबुराम भट्टराई


७ असार २०८१, शुक्रबार


काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पुराना दलहरूसँग लसपस गरिरहे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि हराएर जान सक्ने बताएका छन् ।

शुक्रबार रास्वपा स्थापना दिवसको अवसरमा आयोजित चियापान समारोहमा बोल्दै भट्टराईले पुराना दलसँगको सहकार्यलाई तत्कालीन कार्यनीतिको रूपमा मात्रै लिनुपर्ने सुझाव दिए ।

उनले भने, ‘वैकल्पिक नयाँ शक्तिहरूसँग सहकार्य गरेर देशलाई विकल्प दिनका लागि रणनीति बनाउनुपर्छ । यसैगरी पुराना शक्तिहरूसँग बढी नै लसपस गर्न थालियो भने त्यसले नोक्सान गर्ने र हराउने खतरा हुन्छ ।’

भट्टराईले रास्वपाको दुई वर्षे उमेरमा गरेको काम सन्तोषजनक रहेको प्रतिक्रिया दिए । उनले भने, ‘राम्रो प्रगति गरिरहनुभएको छ । अझै प्रगति गर्नुस् । खाली एउटै सुझाव छ–अब पुराना दलसँगको सहकार्यलाई तत्कालीन कार्यनीतिको रूपमा मात्रै लिनुपर्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस