‘बूढीगण्डकी आयोजनालाई बहुउद्देश्यीय आयोजनाकैरुपमा अगाडि बढाउनु पर्छ’ « प्रशासन
Logo २० असार २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

‘बूढीगण्डकी आयोजनालाई बहुउद्देश्यीय आयोजनाकैरुपमा अगाडि बढाउनु पर्छ’


८ असार २०८१, शनिबार


गोरखा । पूर्वप्रधानमन्त्री एवं नेपाल (समाजवादी पार्टी)का अध्यक्ष डा. बाबुराम भट्टराईले बूढीगण्डकी जलविद्युत् आयोजनालाई बहुउद्देश्यीय आयोजनाकैरुपमा अगाडि बढाउनुपर्ने बताएका छन् ।  

आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले आयोजनाको विद्यमान अवस्था जारी रहेमा आयोजनाको काम अलपत्र पर्न सक्ने खतरा रहेको बताए । उनले भने “नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीबाट आयोजना बनाउन खोजिए बूढीगण्डकी बहुउद्देश्यीय आयोजनाका रूपमा बन्नै सक्दैन । प्राधिकरणको सहायक कम्पनीबाट बनाउने भनेको त हामीले कल्पना जुन बहुउद्देश्यीय आयोजनाको परिकल्पना गरेका छौँ, त्यो सम्भव छैन । यो विषयमा गोर्खाली जनताले पनि आवाज उठाउनुपर्छ ।”

बूढीगण्डकीलाई बहुउद्देश्यीय आयोजनाका रूपमा अगाडि बढाउन बूढीगण्डकी विकास प्राधिकरण गठन गरेर निर्माण गर्नुपर्नेमा उनले जोड दिए । “बूढीगण्डकी विकास प्राधिकरण गठन गरेर आयोजना निर्माण अगाडि बढाउन सकियो मात्र यो आयोजना राष्ट्रिय गौरवको आयोजनाकारुपमा बन्छ”, पूर्वप्रधानमन्त्री भट्टराईले भने, “नत्र हामीले परिकल्पना गरिएअनुसार आयोजना बन्नै सक्दैन ।”

उनले वर्तमान सरकारले पनि बूढीगण्डकी आयोजना निर्माणको काम अगाडि बढाउन नचाहेकोसमेत बताए । “मुख्य परियोजना बूढीगण्डकी परियोजना नै अलपत्र बन्दैछ”, पूर्वप्रधानमन्त्री भट्टराईले भने, “प्रधानमन्त्री पुष्पकमल दाहाल नै कुनै न कुनैरुपमा नौ वर्षदेखि सत्तामा हुनुहुन्छ, चाहे आफ्नो नेतृत्वमा होस् वा अरूको नेतृत्वमा तर आयोजना पटक्कै अगाडि बढाएको देखिएन् ।”

गोरखालाई विकास र समृद्धिको मोडलकारुपमा अगाडि बढाउनुपर्ने आफ्नो चाहाना रहेको भए पनि आगामी आर्थिक वर्ष २०८१/८२ का लागि केन्द्र सरकारले विनियोजन गरेको बजेटबाट उक्त सम्भावना नरहेको बताए । झट्ट हेर्दा गोरखामा बढी बजेट हालेको प्रचार भए पनि टुक्रे योजना मात्र परेको उनले बताए ।

“गोरखाको पश्चिम क्षेत्रलाई औद्योगिक क्षेत्रका रूपमा विकास गर्ने र सँगसँगै यहाँको ऐतिहासिक, सांस्कृतिक क्षेत्रलाई जोडर धार्मिक पर्यटन तथा उत्तरी गोरखालाई साहासिक पर्यटनको जुन बढी सम्भावना छ”, उनले भने, “यसलाई मिलाएर एकीकृत पर्यटनको योजना बनाउने प्रस्ताव गरेको भए पनि कुनै पनि सरकारले काम गरेन ।” 

Tags :
प्रतिक्रिया दिनुहोस