विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी तयारी अवस्थामा « प्रशासन
Logo १९ असार २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी तयारी अवस्थामा


१० असार २०८१, सोमबार


काठमाडौँ । यसवर्षको मनसुन प्रतिकार्यका लागि सशस्त्र प्रहरीको टोली स्रोतसाधनसहित देशभर तयारी अवस्थामा छन् ।

सशस्त्र प्रहरी बल नेपालले सबै कार्यालयमा बाढीपहिरो, डुवान एवं विपद्मा परेका बेला तत्कालै उद्धारका लागि मनसुन प्रतिकार्य टोली तयार पारी परिचालन गरिएको जानकारी दिएको छ ।

स्रोतसाधनसहित तैनाथ जनशक्तिले बाढीपहिरो र डुबानका सम्भावित इलाकामा ‘हजार्ड म्यापिङ’ गरी ती स्थानमा लामो र छोटो गस्ती गर्नुकासाथै देशभरका कार्यालयमा विपद् ‘फोकल पर्सन’ तोकेको छ । फोकल पर्सनले आवश्यक समन्वय गर्ने व्यवस्था मिलाइएको सशस्त्र प्रहरीका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक कुमार न्यौपाने जानकारी दिए ।

राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र, प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र, जिल्ला आपतकालीन सञ्चालन केन्द्रमा तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारी खटाइएको छ । त्यहाँ खटिएका प्रहरीले आवश्यक समन्वय गर्नुका साथै विपद्मा परेकाको तत्कालै उद्धारका लागि ३९ जिल्लाको ५९ वटा सशस्त्र प्रहरीको कार्यालयमा एक सय २० वटा मोटरबोट तथा ¥याफ्टबोट तयारी अवस्थामा राखिएको उनले जानकारी दिए ।

उनका अनुसार ९१ गोताखोरलाई आवश्यक उपकरणसहित सात वटै प्रदेशस्थित बाहिनी मुख्यालय तथा सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, उपत्यकास्थित नं २० विपद् उद्धार गण सिनामङ्गल, नं २४ कालिका गण कास्की, सिन्धुलीको खुर्कोट बेसमा तैनाथ गरिएको छ ।

विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्तिसहित धनकुटाको मूलघाट, बाराको निजगढ, धादिङको आदमघाट, सिन्धुलीको खुर्कोट, मकवानपुरको कुलेखानी, म्याग्दीको नारच्याङ, दाङको भालुवाङ, सुर्खेतको चिप्ले र डडेलधुराको अमरगढीमा गरी नौ वटा विपद् व्यवस्थापन बेस स्थापना गरिएको छ ।

तालिम प्राप्त जनशक्तिलाई सातै प्रदेशस्थित बाहिनी मुख्यालय, उपत्यकास्थित नं ९ पशुपतिनाथ बाहिनी मुख्यालय, १० वटा शिक्षालय, सबै गणमा एक÷एक प्लाटुन र गुल्म वा सो भन्दा साना युनिटमा एक सेक्सनको दरले आवश्यक स्रोतसाधनसहित तैनाथ गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा सशस्त्र प्रहरी बल नेपाललाई हस्तान्तरण गरिएका आठ वटा ‘मासक्याजुल्टी भेहिकल’ र आठ वटा ए क्लासका एम्बुलेन्सलाई परिचालन गर्न सक्ने गरी सुनसरी, महोत्तरी, कुरिनटार, पोखरा, रुपन्देही, सुर्खेत, कैलाली र काठमाडौँमा तयारी अवस्थामा राखिएको छ ।

विपद्को समयमा शुद्ध पिउने पानीको अभावलाई पूर्ति गर्न अमेरिकी दूतावासद्वारा निर्मित डिप ट्युवेल काठमाडाँैको सात स्थानसहित कास्की, नवलपरासी, बाँके, कैलालीमा तयारी अवस्थामा राखिएका छन् । अमेरिकी दूतावासबाट प्राप्त ‘डिजास्टर रिलिफ सिष्टम’का २८ वटा कन्टेनर १३ जिल्लाका १५ वटा सशस्त्र प्रहरी बल कार्यालयमा तयारी अवस्थामा राखिएको जनाइएको छ ।

सशस्त्र प्रहरी बलका कार्यालयमा २४सै घण्टा तैनाथ रहने गरी आवश्यक तयारी गरिएको छ । सशस्त्र प्रहरी बल नेपालका एकाईहरुबाट विपद् प्रतिकार्यका लागि मनसुन अवधिभर कार्य गर्ने गरी ५० वटा टोली विभिन्न स्थानमा परिचालन गरिसकिएको छ । प्रदेशस्थित सात वटै बाहिनी मुख्यालयमा विपद् व्यवस्थापन टोली तयारी अवस्थामा रहेका छन् ।

देशभर रहेका सशस्त्र प्रहरी बलका एकाइमा विपद् प्रतिकार्यमा परिचालन गराउन निश्चित जनशक्ति आवश्यक उपकरणसहित तयारी अवस्थामा राखिएका छन् । जस अनुरुप एक पटकमा २४सैँ घण्टा रहने गरी पाँच सय ४६ एकाईहरुमा सात हजार चार सय ५५ जनाको जनशक्ति तयारी रहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस