पर्यटन प्रवर्द्धनका लागि पोखरामा असारे रोपाइँ महोत्सव हुने  « प्रशासन
Logo १५ असार २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

पर्यटन प्रवर्द्धनका लागि पोखरामा असारे रोपाइँ महोत्सव हुने 


१२ असार २०८१, बुधबार


गण्डकी । पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ हरेक वर्ष असार १५ गते हुँदै आएको असारे रोपाइँ महोत्सवको १९औँ संस्करण यस वर्ष पोखरा महानगरपालिका–२३ फेवाफाँटको मार्गीमा हुने भएको छ । 

पोखरा पर्यटन परिषद्को आयोजनामा हुने महोत्सवको १९औँ संस्करणको तयारीलाई तीव्र बनाइएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । महोत्सवका लागि परिषद्का उपाध्यक्ष तारानाथ पहारीको संयोजकमा मूल व्यवस्थापन समिति गठन गरिएको छ । समितिको सह–संयोजकमा हरिराम अधिकारी र जीवनराज सापकोटा रहेका छन् ।

महोत्सवमा हिलो खेल्ने, माछा समात्ने, साउने प्रतियोगिता, रसि तान्ने, हिले दौडसहित मनोरञ्जन लिन स्वदेशी र विदेशी पर्यटकको सहभागिता रहने परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए ।

महोत्सवमा करिब १० हजारभन्दा बढी मानिसले सहभागिता जनाउने आयोजकको अनुमान छ । हिले दौड प्रतियोगिताअन्तर्गत स्वदेशी र विदेशी महिला र पुरुष पर्यटकको छुट्टाछुट्टै प्रतियोगिता हुनेछन् । त्यसअवसरमा विभिन्न सांस्कृतिक प्रस्तुति पनि रहने छन् ।

नेपालीको मुख्य खाद्यान्न बालीका रूपमा रहेको धानखेतीप्रतिको आकर्षण घट्दै गएका अवस्थामा नयाँ पुस्तालाई धानखेती प्रणाली देखाउँदै उनीहरूलाई यसतर्फ आकर्षित गराउन पनि महोत्सव आयोजना गरिएको मूल व्यवस्थापन समितिका संयोजक पहारीले बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस