कोपा अमेरिका : एक खेल अगावै उरुग्वे क्वाटरफाइनलमा « प्रशासन
Logo १७ असार २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

कोपा अमेरिका : एक खेल अगावै उरुग्वे क्वाटरफाइनलमा


१४ असार २०८१, शुक्रबार


काठमाडौँ । कोपा अमेरिकामा उरुग्वे क्वाटरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार बिहान भएको खेलमा बोलिभियामाथि ५–० को एकतर्फी जित निकालेको उरुग्वे एक खेल अगावै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

स्टार खेलाडी लुई सुवारेजलाई अन्तिम केही मिनेट मात्रै मैदान उतारेको उरुग्वेको प्रदर्शन उत्कृष्ट रह्यो ।

न्यु जर्सीमा भएको खेलमा फुकान्डो पेलिस्ट्रीले आठौं मिनेटमा गोल गर्दै उरुग्वेलाई अग्रता दिलाए । अधिकांश समय आफ्नो नियन्त्रणमा बल राखेको उरुग्वेले २१ औं मिनेटमा दोस्रो गोल गरेको थियो ।

डार्विन नुनेजले अग्रता दोब्बर बनाएका थिए । पहिलो हाफमा २ गोल गरेको उरुग्वेले दोस्रो हाफमा अरु ३ गोल थपेको थियो । ७७ औं मिनेटमा म्याक्सिमिलानो अरुगोले गोल गर्दै अग्रता तेब्बर बनाए ।

८१ औं मिनेटमा फेडरिको भालभार्डेले गोल गरेपछि उरुग्वे ४–० ले अघि बढेको थियो । फराकिलो जिततर्फ अग्रसर उरुग्वेका लागि ८३ औं मिनेटमा सुवारेज नुनेजलाई प्रतिस्थापन गर्दै मैदान प्रवेश गरेका थिए ।

८९ औं मिनेटमा रोड्रिगो बेन्टानकुरले गोल गरेपछि जारी कोपामा उरुग्वेले सर्वाधिक फराकिलो ५–० को जित दर्ता गर्न सफल भयो । जितसँगै उरुग्वे ६ अंकका साथ शीर्ष स्थानमा रहँदा अमेरिका र पानामा समान तीन तीन अंकका साथ क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

लगातार दुई खेलमा पराजित भएको बोलिभिया भने अङ्कविहीन हुँदै पुच्छारमा रहेको छ । अब समूह चरणको अन्तिम खेलमा अमेरिका र उरुग्वे भिड्दा बोलिभिया र पानामा आमने सामने हुने छन् । समूह चरणको अन्तिम खेल जुलाई २ तारिखमा हुने छ । 

Tags :
प्रतिक्रिया दिनुहोस