भोलि चितवन जाँदै प्रधानमन्त्री « प्रशासन
Logo १६ असार २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

भोलि चितवन जाँदै प्रधानमन्त्री


१४ असार २०८१, शुक्रबार


काठमाडौँ। आधुनिक प्रविधिबाट धान खेती गर्न किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले भोलि चितवनमा राष्ट्रिय धान दिवस कार्यक्रम हुने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफै उपस्थित भएर मेसिनबाट धान रोपेर राष्ट्रिय धान दिवस मनाउन लागिएको हो ।

सरकारले हरेक वर्ष असार १५ मा मनाउने राष्ट्रिय धान दिवस यसवर्ष चितवनमा मेसिनबाट एक हेक्टर जमिनमा खेत रोपेर मनाउन लागिएको हो ।

जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ मनाउन लागिएको २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ चितवनको बछौलीमा आयोजना हुँदैछ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ चितवनले आज पत्रकार सम्मेलनको आयोजना गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा राष्ट्रिय धान दिवस मनाउन लागेको जनाकारी दिइएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको नेतृत्वमा चितवनको रत्ननगर नगरपालिका ६, बछौलीमा रहेको बछुली बहुउद्देश्य कृषक समूहको खेतमा मेसिनको प्रयोग गरी धान रोपेर धान दिवस मनाइने जनाइएको छ ।

सो अवसरमा प्रधानमन्त्री दाहालले मेशिनबाट धान रोप्ने कार्यक्रम समेत रहेको बताइएको छ भने एक हेक्टर क्षेत्रफलमा मेसिनबाट धान रोपिने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस