नेकपा एस अध्यक्षमा रस्साकस्सी, खनाल-भुसाल भेट चर्चामा « प्रशासन
Logo १६ असार २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

नेकपा एस अध्यक्षमा रस्साकस्सी, खनाल-भुसाल भेट चर्चामा


१४ असार २०८१, शुक्रबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टी आफ्नो महाधिवेशनको तयारीमा छ । 

विशेष गरी माधव नेपालपछि अबको अध्यक्ष को भन्ने विषय पेचिलो बन्दै गइरहेको छ । अध्यक्षमा भइरहेको रस्साकस्सीबीच झलनाथ खनाल र घनश्याम भुसालबीच सहमति भयो भन्ने चर्चा व्यापक थियो । 

तर दुई नेताबीच भएको भनिएको सहमति एक दिन पनि टिक्न नसकेको भनेर पार्टीपंक्तीमा नयाँ बहस सिर्जना भएको छ । सम्मानित नेता खनालले भुसाललाई अघि सारेर आफू व्याक भएको भनिएको एक दिन नबित्दै नेता खनालको पक्षबाट त्यस्तो नभएको भन्दै विज्ञप्ति सार्वजनिक भएपछि खनाल र भुसाल पक्षबीच दरार सृजना भएको बुझिएको छ ।

दुई नेताहरूको भेटघाटलाई लिएर भएका गतिविधिलाई अनावश्यक उचालेर पक्ष विपक्ष बनाउने कार्यले स्वयं दुई नेताहरुवीच नै दरार सृजना गर्ने कार्य गलत भएको नेताहरूको बुझाइ छ ।

हुनपनि दुईमध्ये भुसाललाई अध्यक्षमा अघि सार्ने भन्ने विषयमा दुई नेताबीच भएको भनिएको सहमति एक दिन नपुग्दै कमजोर भइसकेको आकंलन गरिएको छ । 

माधव नेपालको विकल्पमा आफू अध्यक्ष हुने भनेर दाबी गरेका दुई नेता खनाल र भुसालबीच एक दिन सहमति हुने र अर्को दिन सहमति नै नभएको भन्दै खनाल सचिवालयको तर्फबाट सार्वजनिक गरिएको विज्ञप्तिले संशय उत्पन्न गराएको छ । 

अध्यक्ष नेपालविरुद्ध तयारी भएका खनाल र भुसालबीच छोटो समयमै यसरी दरार उत्पन्न भएपछि स्वयं पक्षधर कार्यकर्ताहरू नै अलमलमा परेको नेताहरू बताउँछन् । यसैबीच नेकपा एकीकृत समाजवादीका सम्मानित नेता खनालले आफूले भुसाललाई अध्यक्षमा सघाउने सहमति नभएको स्पष्ट गरेका छन् । त्यतिमात्र होइन खनालको सचिवालयको तर्फबाट विज्ञप्ति नै सार्वजनिक भएपछि दुई नेताबीच थप खटपट सुरु भएको नेताहरू बताउने गर्छन् । 

बिहीबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकपछि प्रतिक्रिया दिँदै नेता खनालले आफ्नो दाबी जारी रहेको बताउँदै भुसालसँग सहमति नभएको स्पष्ट गरेका हुन् । बुधबार खनाल निवासमा भुसालसँगको छलफलपछि उनले अध्यक्षमा भुसाललाई समर्थन गर्ने समाचार बाहिरिएको थियो ।

नेता खनालले आफ्नो नाममा सहमति नहुनुपर्ने कारण के छ भन्दै सहमति बन्ने बताए । बिहीबार मात्रैपनि सबै प्रदेशका अध्यक्षहरू खनाल निवासमै पुगेर भेटघाट गरी अधिकारसहितको सम्मानित नेताका रूपमा एकताबद्ध भएर सर्बसहमत नेतृत्व चयन गर्न अनुरोध गरेका थिए । 

अघिल्लो दिन भुसाललाई सहमति दिएको भनिएको खनाल पक्ष त्यसको भोलिपल्टै फेरी किन र कसरी आफैँ नेतृत्व नछाड्ने पक्षमा उभिन पुगे भन्ने विषय रहस्यमयमै छ ।

नेतृत्व छनोट प्रक्रिया पेचिलो बन्ने भएपछि आसन्न १०औँ राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत अध्यक्ष चयन गर्न, पार्टीको आन्तरिक एकता बलियो बनाउन, वैचारिक तथा सैद्धान्तिक कार्यदिशाका हिसाबले पार्टीको नेतृत्व साथै देश र जनताको हितमा काम गर्न सक्ने स्वच्छ छवि भएको नेतालाई नेतृत्वमा लैजानुपर्ने पार्टीका सातै प्रदेशका अध्यक्षले सुझाव समेत दिएका थिए ।

कोशीबाट बलदेव चौधरी, मधेस प्रदेशका रामचन्द्र यादव, बागमतीका सावित्रा भुसाल, गण्डकीका श्रीनाथ बराल, लुम्बिनीका सोमप्रसाद पाण्डे, कर्णालीका अम्बर थापा र सुदूरपश्चिमका हर्कबहादुर सिंह छलफलमा सहभागी भएका थिए  ।

पार्टीका अध्यक्ष नेपाल, सम्मानित नेता खनाल र महासचिव भुसालबिच समझदारीका साथ सर्वसम्मत नेतृत्व चयनका लागि छलफल गरिएको थियो । महाधिवेशन असार १६ देखि २० गतेसम्म काठमाडौँमा हुँदैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस