एमालेबाट विद्रोह नगरेको भए हामी गल्लीमा भड्किरहन्थ्यौँ : माधव नेपाल « प्रशासन
Logo १७ असार २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

एमालेबाट विद्रोह नगरेको भए हामी गल्लीमा भड्किरहन्थ्यौँ : माधव नेपाल


१४ असार २०८१, शुक्रबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउनको लागि आफूहरूले एमालेबाट विद्रोह गरेको बताएका छन्।

जनताका नेता नेपाल पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै विद्रोह गरेर नयाँ पार्टी निर्माण गरेर न्यायोचित काम गरेको जिकिर गरे।

उनले भने, ‘हामीले विद्रोह नगरेको भए हामी हराइसकेको हुन्थ्यो। हामीले गल्लीमा भड्किरहने स्थिति बन्थ्यो। आत्मसमर्पण गर्नुपर्ने अवस्था बन्थ्यो। हामीले ती कुरा स्वीकार गरेनौँ। धेरै मान्छेलाई निराश हुनबाट जोगाएर कम्युनिष्ट आन्दोलनलाई निरन्तरता दिएका छौँ।’

उनले आफ्नो पार्टीले सिंगो देशमा देखाएका उपस्थिति देखाउँदै भूमिका स्थापित गरेको जिकिर गरे। अहिले सीट थोरै भए पनि समयअनुसार बढ्दै जाने उनको विश्वास थियो।

Tags :
प्रतिक्रिया दिनुहोस