दाङमा तीन लाख बिरुवा तयार, नि:शुल्क वितरण गरिने « प्रशासन
Logo १७ असार २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

दाङमा तीन लाख बिरुवा तयार, नि:शुल्क वितरण गरिने


१५ असार २०८१, शनिबार


घोराही (दाङ) । डिभिजन वन कार्यालय दाङले तीन लाख बिरुवा तयार गरेको छ । तयार पारिएका बिरुवा कार्यालयले निःशुल्क वितरण गर्ने भएको छ । 

राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा शुक्रबारदेखि जिल्लामा बिरुवा रोप्ने कार्य थालिएको छ । ‘भावी सन्तति र समृद्धिका लागि वृक्षारोपण गरौँ’ नाराका साथ डिभिजन वन कार्यालयले घोराही उपमहानगरपालिका–४ सुनपुरस्थित सुनपुर सामुदायिक वनको खाली क्षेत्रमा वृक्षारोपण गरी सो कार्यको थालनी गरेको हो । 

सुनपुर सामुदायिक वनको खाली रहेको करिब एक हेक्टर वनमा ‘अर्जुन’ प्रजातिका एक सय बिरुवा रोपण गरी वृक्षारोपण थालिएको सिनियर डिभिजन वन अधिकृत मोहनप्रसाद श्रेष्ठले जानकारी दिए । यस वर्ष डिभिजन वन कार्यालय घोराहीअन्तर्गतका पाँच वटा नर्सरीमा झण्डै तीन लाख बिरुवा उत्पादन गरिएको हो । 

जडीबुटी, वनजन्य र सौन्दर्यजन्य बिरुवा तयार गरिएको र असार अन्मित हप्तादेखि निःशुल्करुपमा वितरण गरिने वन अधिकृत श्रेष्ठले बताए । यस वर्ष राष्ट्रिय वन, सामुदायिक वन, निजी वन र उपभोक्तालाई आफ्नो खाली जग्गामा बिरुवा रोप्न आग्रह गरिएको उनको भनाइ छ । नदी उकास क्षेत्रमा समेत वृक्षारोपण गर्ने लक्ष्य छ । 

Tags :
प्रतिक्रिया दिनुहोस