‘धानको उत्पादन वृद्धि गराउन जलवायुमैत्री प्रविधिको अनुसन्धान सरकारको प्राथमिकता’  « प्रशासन
Logo १७ असार २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

‘धानको उत्पादन वृद्धि गराउन जलवायुमैत्री प्रविधिको अनुसन्धान सरकारको प्राथमिकता’ 


१५ असार २०८१, शनिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धानको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रसार सरकारको प्राथमिकतामा रहेको बताएका छन् । 

‘‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’’ भन्ने नाराका साथ शनिबार मनाउन लागिएको २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा उनले शुभकामना दिँदै जलवायु परिवर्तनका कारण धानलगायतका बालीहरूमा नकारात्मक असर परिरहेको बताए । खाद्यबालीमा परेको यस्तो नकारात्मक असरको न्यूनीकरण गर्न सरकारले प्राथमिकता दिएको भनाई प्रधानमन्त्री दाहालको छ ।  

दाहालले भनेका छन्, ‘जलवायु परिवर्तनका कारण धानलगायतका बालीहरूमा परेको नकारात्मक असरको न्यूनीकरण गरी धानको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रसार सरकारको प्राथमिकतामा रहेको छ।’ 

सरकारले जलवायु अनुकूलित प्रविधिहरूको प्रसार, जैविक विविधताको उपयोग गरी पोषणयुक्त धानका उच्च उत्पादन दिने जातहरूको विकास तथा कृषकमैत्री प्रविधिहरूको प्रयोगमार्फत धान बालीको उत्पादन बढाउने रणनीति लिएको समेत जारी विज्ञप्तिमा उल्लेख छ । 

जनताको जीवनशैली र जनजीविकासँग जोडिएको धान बालीको आर्थिक, सामाजिक र सांस्कृतिक महत्त्व रहेको बताएका दाहालले आन्तरिक उत्पादन अपर्याप्त भएकाले धान चामल आयात बढ्दै गइरहेको र त्यसलाई कम गर्न विशेष कार्यक्रमहरू गरिरहेको बताएका छन् । 

‘यस पर निर्भरतालाई कम गर्न र राष्ट्रिय स्तरमा धानको उत्पादन बढाउन वर्तमान सरकारले रासायनिक मल र गुणस्तरीय बीउको उपलब्धता, सिँचाइ सुविधा र प्रविधिको विस्तार, अनुसन्धान र विकास तथा न्यूनतम समर्थन मूल्यको कार्यान्वयनजस्ता कार्यक्रमहरूमा प्राथमिकता दिएको छ’ विज्ञप्तिमा भनिएको छ । 

उल्लेखित सरकारका कार्यक्रमको कार्यान्वयनबाट धान बालीमा जलवायुमैत्री प्रविधिहरूको अवलम्बन गराई उत्पादनमा वृद्धि एवं धान–चामलको आयात प्रतिस्थापनमा सहयोग पुग्ने विश्वास प्रधानमन्त्री दाहालको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस