पुष्पलाललाई राष्ट्रिय विभूति घोषणा गर्न विप्लवको प्रस्ताव  « प्रशासन
Logo १७ असार २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

पुष्पलाललाई राष्ट्रिय विभूति घोषणा गर्न विप्लवको प्रस्ताव 


१५ असार २०८१, शनिबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले स्वर्गीय पुष्पलाल श्रेष्ठलाई राष्ट्रिय विभूति घोषणा गर्न सबैको एकमत रहेको बताएका छन् । 

शनिबार पुष्पलाल जन्म शताब्दीको अवसरमा आयोजित कार्यक्रममा उनले पुष्पलाल एउटा इमान्दार कम्युनिष्ट नेता र संस्थापक भएको भन्दै उनलाई राष्ट्रिय विभूति घोषणा गर्न मिल्ने बताए । 

उनले भने, ‘पुष्पलाल नेपाल एउटा इमान्दार कम्युनिष्ट नेता र संस्थापक हो । यसको साथै उहाँ नेपालको राजनीतिक आन्दोलनको एउटा विभूति हो भन्नेमा हामी सबै सहमत भएका छौँ । यहाँ सबैको उपस्थिति रहेको हुँदा पुष्पलाललाई राष्ट्रिय विभूति भन्नु उचित हुन्छ भन्नेमा हाम्रो पार्टीको समर्थन गर्न चाहन्छु ।’

यसको साथै, उनले पुष्पलालले आजीवन निरन्तर नेपाली जनता र राष्ट्रको पक्षमा योगदान पु¥याएको भन्दै नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको रक्षा गर्नको लागि उनको ठूलो योगदान रहेको बताए । 

उनले भने, ‘सामन्तवादको विरुद्ध र साम्राज्यवादी शक्तिहरुको विरुद्धमा गरेर यो दुई वटा संघर्षमा पुष्पलालले आजीवन निरन्तर नेपाली जनता र राष्ट्रको पक्षमा योगदान पु¥याउनु भएको छ । वैचारिक संघर्षमा पुष्पलालले विभिन्न थरी विसर्जनवादको विरुद्धमा झन्डा उठाउनुभएको छ र लड्नुभएको छ । नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको रक्षा गर्नको लागि योगदान गर्नुभयो ।’

Tags :
प्रतिक्रिया दिनुहोस