दुई उपसचिवसहित संघीय मामिलाका २४ दरबन्दी कटौती « प्रशासन
Logo १८ असार २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

दुई उपसचिवसहित संघीय मामिलाका २४ दरबन्दी कटौती


१६ असार २०८१, आइतबार


काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा दुई उपसचिवसहित २४ दरबन्दी कटौती गरिएको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले मन्त्रालयले प्रस्ताव गरेको संगठन व्यवस्थापन तथा सर्वेक्षण (ओएन्डएम) मा केही हेरफेर गरेर कर्मचारी दरबन्दी कटौती गरेको हो । मन्त्रालयमा कर्मचारीको दरबन्दी १ सय ७२ बाट घटाएर १ सय ४८ मा झारिएको छ ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव काली प्रसाद पराजुलीले भने, ‘गत आर्थिक वर्षमै बजेट वक्तव्यमा हरेक मन्त्रालयले आफ्नो संगठन संरचना पुनर्संरचना गरी पेस गर्ने उल्लेख भए अनुसार मन्त्रालयले पेस गरेको र सोही अनुसार महाशाखा र दरबन्दी मिलाउने काम भएको हो ।’ मन्त्रालयको प्रशासन महाशाखालाई विभाजन गरेर आन्तरिक व्यवस्थापन महाशाखा थपिएको छ । 

उपसचिव, शाखा अधिकृत, नायव सुब्बा, खरिदार, टाइप नासु, कम्प्युटर अपरेटर र कार्यालय सहयोगीलगायतका पदमा दरबन्दी घटाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस