टर्कीको इज्मिरमा प्राकृतिक ग्यास विस्फोटमा चारको मृत्यु, २० घाइते « प्रशासन
Logo १८ असार २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

टर्कीको इज्मिरमा प्राकृतिक ग्यास विस्फोटमा चारको मृत्यु, २० घाइते


१७ असार २०८१, सोमबार


इस्तानबुल । टर्कीको पश्चिमी प्रान्त इज्मिरमा आइतबार भएको प्राकृतिक ग्यास विस्फोटमा चार जनाको मृत्यु हुनुका साथै कम्तीमा २० जना घाइते भएका छन् ।

राज्य सञ्चालित टिआरटी प्रसारकका अनुसार विस्फोट दिउँसो २ः४३ मा भएको थियो ।

टिआरटीले घाइतेमध्ये १० को अवस्था गम्भीर रहेको र घटनास्थलमा आपत्कालीन टोलीहरूद्वारा अनुसन्धान भइरहेको रिपोर्ट गरेको छ ।

विष्फोटपछि दमकल टोलीहरूले तुरुन्तै अर्को आगो निभाएका थिए ।

इज्मिरका गभर्नर सुलेमान एल्बानले टिआरटीलाई उक्त विस्फोटले वरपरका ११ भवनमा क्षति पुगेको जानकारी दिए । 

विस्फोटको कारण तत्काल खुल्न सकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस