टीकापुरमा असल करदाता सम्मानित « प्रशासन
Logo १८ असार २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

टीकापुरमा असल करदाता सम्मानित


१७ असार २०८१, सोमबार


टीकापुर (कैलाली) । कैलालीको टीकापुर नगरपालिकाले असल करदातालाई सम्मान गरेको छ । नगर प्रमुख रामलाल डगौरा थारुले समयमै नियमित कर बुझाउने नौ वटै वडाका  एक संस्था र २४ जनालाई सम्मान गरेका हुन् । 

यसरी सम्मानित पूर्णबहादुर विष्ट, पर्शुराम चपाई, रत्ना दमाई, गौरीशङ्कर चौधरी, जानकीदेवी सेठी, रामेश्वर थारु, सीता चौधरी, कृष्णबहादुर रावल , पदमबहादुर बम, शिवलाल चौधरी, ललिता कोइराला, प्रेमबहादुर चौधरी, सावित्री विष्ट, कृष्णप्रसाद चौधरी, युनिक नेपाल लघुवित्त संस्था लिमिटेड शाखा, दानबहादुर चौधरी, मुन्नालाल चौधरी छन्। यसैगरी विश्राम कुश्मी, डबलबहादुर रावल, पवित्रादेवी शाह, बाबुराम चौधरी, नन्दसिंह साउँद,सन्तराम चौधरी, खुशीराम डगौरा थारु, पार्वती बुढालाई सम्मान गरिएको छ ।

सम्मानित  रावलले कर बुझाउँदा पहिलो चौमासिक र दोस्रो चौमासिकमा बुझाउनेलाई छुटको व्यवस्था गरेमा कर समयमै बुझाउने बानी विकास हुने बताए । “पहिलो चौमासिकमा १५ प्रतिशतसम्म र दोस्रो चौमासिकमा १० प्रतिशत छुट दिने व्यवस्था स्थानीय पालिकाले गर्नुपर्छ”, उनले भने, “ढिलो गर्नेलाई त्यहीअनुसार कारबाही पनि गर्नुपर्छ ।”

यसैगरी सम्मानित चौधरीले कर समयमै तिर्नुपर्ने जनाउँदै नागरिकले तिरेको कर सबैलाई काम लाग्ने गरी उपलब्धि देखिनुपर्ने बताए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दमनसिंह चौधरीले भने, “ समयमै कर बुझाउँदा आफ्नै ठाउँको विकास हुन्छ ।”

नगर प्रमुख थारुले नियमित कर बुझाउने नागरिक असल करदाता भएका जनाउँदै कर बुझाएको रकम विकासका लागि आउने भएकाले, समयमै कर बुझाउने करदातालाई धन्यवाद दिए। “पालिकाले आन्तरिक आय बढाउन, समयमै कर बुझाउनुपर्छ भन्ने जनचेतना जगाउन हरेक वर्ष असल करदातालाई सम्मान गर्दै आएको छ”, उनले भने, “कर सङ्कलन भएर देश चलेको छ । यसैले करदाता सम्मानको हकदार छन् ।”

Tags :
प्रतिक्रिया दिनुहोस