कक्षा कोठामा पानी जमेपछि पठन पाठनमा समस्या « प्रशासन
Logo १९ असार २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

कक्षा कोठामा पानी जमेपछि पठन पाठनमा समस्या


१७ असार २०८१, सोमबार


रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिकाका विभिन्न स्थानमा वर्षाको पानी जमेपछि पठन पाठनमा समस्या भएको छ । वडा नम्बर १ स्थित जनता प्राथमिक आधारभूत विद्यालयको चौर र कक्षा कोठामा नै वर्षाको पानी जमेपछि हो । 

आइतबार साँझको वर्षाको पानी विद्यालय परिसरमा जमेको कारण विद्यार्थीहरूलाई असहज भएको नेपाल पत्रकार महासंघ रौतहटका सह सचिव सन्जय सनहीले बताए । उनले सामाजिक सञ्जाल फेसबुकमा पूर्वप्रधानमन्त्री एवं वर्तमान सांसद माधव नेपालको निर्वाचन क्षेत्रमा पर्ने यस विद्यालयको समस्याले दुखित बनाएको भन्दै सांसद, प्रदेश सांसद र गाउँपालिकाका जनप्रतिनिधिको ध्यानाकर्षण गराएका छन । 

वर्षातको पानी जमेका कारण सो विद्यालयका विद्यार्थीहरू पानीमा डुबेर गरेको प्राथनाले र कक्षा कोठामा समेत पानी भएकाले पानीमा नै अध्ययन गरिरहेको देख्दा आफ्नो आँखाबाट आँसु समेत झरेको सहनीको भनाई रहेको छ । 

पूर्वप्रधानमन्त्री एवम् नेकपा एसका अध्यक्ष नेपालको निर्वाचन क्षेत्रमा यस्तो अवस्था देख्दा अचम्मित भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा आलोचना समेत भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस