घरजग्गा रजिष्ट्रेसनबाट १ अर्ब १९ करोड रुपैयाँ राजस्व « प्रशासन
Logo १९ असार २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

घरजग्गा रजिष्ट्रेसनबाट १ अर्ब १९ करोड रुपैयाँ राजस्व


१७ असार २०८१, सोमबार


काठमाडौँ । पछिल्लो समय देशभर घरजग्गा कारोबार बढ्दै गएको तथ्यांकले देखाएको छ । विशेषगरी कोशी, सुदूरपश्चिम र गण्डकी प्रदेशमा घरजग्गा कारोबार बढेको तथ्यांकमा उल्लेख छ । बैंक तथा वित्तीय संस्थाबाट घरजग्गामा जाने कर्जामा बृद्धि भएको पनि देखिएको छ ।

नेपाल राष्ट्र बैंकको अध्ययनले पछिल्लो समय घरजग्गाको कारोबार बढ्न थालेको देखाएको हो । कोशी प्रदेशको प्रादेशिक आर्थिक गतिविधि अध्ययनले घरजग्गा रजिष्ट्रेसन संख्या ३२.९ प्रतिशतले बढेको देखाएको छ । आर्थिक वर्ष २०८०।८१ अर्धवार्षिक प्रतिवेदनले घरजग्गा कारोबार बढेको देखाएको हो ।

घरजग्गाको कारोबारमा बृद्धि भएसँगै मालपोत कार्यालयमा रजिष्ट्रेसन गर्नेको संख्या पनि बढेको हो । यसबापत राजस्वमा १६.१ प्रतिशतले वृद्धि भएको देखिन्छ । यो अवधिमा सरकारले १ अर्ब १९ करोड रुपैयाँ राजस्व संकलन भएको छ । तर अघिल्लो वर्षको सोही अवधिमा यस्तो राजस्वमा ५५ प्रतिशतले कमी भई १ अर्ब ३ करोड रुपैयाँ मात्रै राजस्व परिचालन भएको थियो ।

राष्ट्र बैंकका अनुसार रियल स्टेट र हाउजिङ दुवैमा बैंकहरूको लगानी बढेको र घरजग्गामा प्रवाह बढिरहेको छ । कुल कर्जा प्रवाहको १३ प्रतिशत कर्जा आवासिय व्यक्तिगत घरकर्जा र अन्य घरजग्गामा प्रवाह भइरहेको छ ।

चालु आवको वैशाखसम्ममा बैंकहरूले कुल ५१ खर्ब १२ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको कुल कर्जा प्रवाह गरेकोमा व्यक्तिगत र यसबाहेकका घरजग्गा कर्जामा मात्रै ६ खर्ब ३८ अर्ब ३० करोड ६७ लाख रुपैयाँ बराबरको प्रवाह भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस