झलनाथको नेतृत्वमा अध्यक्ष मण्डल गठन « प्रशासन
Logo १९ असार २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

झलनाथको नेतृत्वमा अध्यक्ष मण्डल गठन


१७ असार २०८१, सोमबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीको जारी महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय मेसिनबाट मतदानको व्यवस्था मिलाइएको छ । छिटो र छरितो ढंगबाट चुनाव गराउन ई-भोटिङको व्यवस्था गरिएको पार्टीले जनाएको छ । केन्द्रीय सचिवालय सदस्यहरूले डेमोसमेत प्रस्तुत गरेका छन् ।

त्यस्तै बन्द सत्र सञ्चालनका लागि सम्मानित नेता झलनाथ खनालको नेतृत्वमा १३ सदस्यीय अध्यक्ष मण्डल बनाइएको छ । उपमहासचिव जगन्नाथ खतिवडा संयोजक रहेको १५ सदस्यीय बहस नोट कमिटी गठन गरिएको छ । डा. गंगालाल तुलाधर र डा. विजय पौडेललाई माइन्यूट लेखनको जिम्मा दिइएको छ ।

काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा सुरु हुने बन्द सत्रमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधान संशोधन प्रस्ताव र सांगठनिक प्रतिवेदनमा छलफल हुनेछ । दस्ताबेज पारित भएपछि नयाँ नेतृत्व चयन प्रक्रिया सुरु हुनेछ ।

हिजोबाट जारी महाधिवेशन २० गते सकिनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस