पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔँ : सांसद राई « प्रशासन
Logo १९ असार २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔँ : सांसद राई


१७ असार २०८१, सोमबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले भ्रष्टाचार अन्त्यका लागि पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने बताएकी छन् ।

सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले भनिन्, ‘पहिलो हुने निर्वाचन प्रणालीमा एक मत बढी भए पनि जीत र हार निकाल्ने खेल भ्रष्टाचारको एउटा मुख्य अंश हो । प्रत्यक्ष निर्वाचन प्रणालीमा उम्मेदवारले मौन अवधिको समयमा मतदाता प्रभावित गर्ने अवस्था अन्त्य गर्नुपर्छ ।’

समानुपातिक निर्वाचन प्रणालीका विषयमा संविधान संशोधन गर्नुपर्ने आवाज कतिपयले उठाइरहेका बेला माओवादी सांसद राईले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने बताएकी हुन् ।

‘हाम्रो जस्तो विविधतायुक्त समाजमा समान सहभागिता र न्यायपूर्ण प्रतिनिधित्व पूर्ण समानुपातिक निर्वाचन प्रणालीमार्फत मात्र सम्भव हुन्छ । व्यक्ति-व्यक्ति उम्मेदवार नहुने यो प्रणाली भ्रष्टाचार अन्त्य हुने संवैधानिक औषधि पनि हो,’ उनले भनिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस