ट्रायल पास गरेकाहरूलाई छिटो स्मार्ट लाइसेन्स वितरण गर्न सरकारको ध्यानाकर्षण « प्रशासन
Logo १९ असार २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

ट्रायल पास गरेकाहरूलाई छिटो स्मार्ट लाइसेन्स वितरण गर्न सरकारको ध्यानाकर्षण


१७ असार २०८१, सोमबार


काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले ट्रायल पास गरेकाहरूलाई छिटो स्मार्ट लाइसेन्स वितरण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

ट्रायल पास भएको वर्ष दिनसम्म पनि सवारी लाइसेन्स नआउने गरेको उनले बताए।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले भने, ‘स्मार्ट लाइसेन्स दिने भनेर काम गरेको एक दशक भइसक्यो, छिटो छरितो काम हुन्छ भने पनि उल्टो भयो। ट्रायल दिएको वर्ष दिनसम्म लाइसेन्स आउँदैन। आएकाको पनि फोटो प्रष्ट नहुँदा चेकिङमा समस्या परेको सुनिन्छ।’

उनले लाइसेन्स नहुँदा राजश्व तिरेको भौचरबाट काम चलाउनुपर्ने बाध्यता रहेको पनि बताए।

यातायात व्यवस्था विभागसँग लाइसेन्स छाप्न एउटा मात्रै प्रिन्टर भएको र अधिकतमा क्षमतामा छपाइ गर्दा मासिक सवा लाखसम्म लाइसेन्स छपाइ हुने पनि उनले बताए। ‘सवारी लाइसेन्स छपाइका लागि अहिले २० लाखभन्दा बढी आवेदन परेको छ,’ उनले भने, ‘आवेदन परेकाको लाइसेन्स छपाइ गर्न नै डेढ वर्ष लाग्छ, नयाँ आवेदकले कहिले लाइसेन्स पाउँछन् ?’

उनले प्रदेशहरूबाट पनि लाइसेन्स छपाइको व्यवस्था गर्न माग गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस