काठमाडौँ । राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा नरेश सुवेदी नियुक्त भएका छन् ।
यसअघिका सदस्य सचिव शरदचन्द्र अधिकारीले पदावधि सकिनु अगावै राजीनामा दिएपछि बाँकी कार्यकालका लागि कोषका अध्यक्ष डा। कृष्णप्रसाद ओलीले सदस्य सचिवमा सुवेदीलाई नियुक्त गरेका हुन् ।
नवनियुक्त सदस्य सचिव सुवेदीले गैँडामा विद्यावारिधि गरेका छन् । कोषका सदस्य सचिवको कार्यकाल ५ वर्ष भए पनि समय अगावै राजीनामा दिए बाँकी कार्यकालका लागि अध्यक्षले सदस्य सचिव नियुक्त गर्ने व्यवस्था छ ।