टीआरसी सात-आठ महिनाअघि निष्कर्षमा पुगिसकेको सांसद झाको दाबी « प्रशासन
Logo १९ असार २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

टीआरसी सात-आठ महिनाअघि निष्कर्षमा पुगिसकेको सांसद झाको दाबी


१७ असार २०८१, सोमबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)की सांसद रञ्जुकुमारी झाले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सात-आठ महिनाअघि नै निष्कर्षमा पुगिसकेको बताएकी छन् ।

प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिको सभापतिसमेत रहेकी झाले मौलिकताको आधारमा कानुन बनाउन सरकार र संसदीय समितिलाई उदासीन बनाइदिएका कारण यसमा समस्या भएको बताइन् ।

सोमबार प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै उनले यस्तो बताएकी हुन् । ‘टीआरसी किन बन्दैन ? अब त मलाई लाग्न थालेको छ( विदेश घुम्नलाई । जुन अहिले पाइरहेको छ । त्यो रोकिन्छ नि यो ऐन बनिदियो भने ‘’ उनले भनिन्, ‘ अन्य देशमा अध्ययन गर्न जान्छौँ । हाम्रो आफ्नै मौलिकताको आधारमा बनाउनुपर्ने कानुनतिर किन सरकार र समितिलाई उदासीन बनाइदिएको छ ?’

टीआरसीमा प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समिति लगभग निष्कर्षमा पुगिसकेको उनको दाबी छ । २५ फागुन २०७९ मा संसदमा दर्ता भएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक) संसदीय समितिमा विचाराधीन छ ।

१९ भदौ २०८० मा कानुन न्याय तथा मानव अधिकार समितिले विधेयकमा सहमति जुटाउन उपसमिति गठन गरेको थियो । उपसमितिले २३ असोज २०८० मा प्रतिवेदन बुझाएको थियो ।

उपसमितिले चार वटा विषयमा थप छलफल गर्न समितिलाई सुझाएको थियो । गम्भीर मानवअधिकारको उल्लंघनको परिभाषा, मानव अधिकारको उल्लंघनका घटनामा मेलमिलापका लागि पीडितको स्वतन्त्र सहमति नभएमा के गर्ने ?

सजायका सम्बन्धमा आधार, कारण खुलाएर सजाय कम गर्न सकिने व्यवस्था गर्ने वा प्रतिशत तोकेर जाने भन्ने विषयमा थप छलफल गरेर टुंगोमा पुग्न उपसमितिले पूर्ण समितिलाई सुझाएको थियो । तर यी विषयमा दलहरू बीचमा कुरा मिलेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस