महिलाका क्षेत्रमा भएका राम्रा अन्तर्राष्ट्रिय अभ्यासहरूबाट नेपालमा प्रभाव पार्ने गरी काम गर्न आग्रह « प्रशासन
Logo १९ असार २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

महिलाका क्षेत्रमा भएका राम्रा अन्तर्राष्ट्रिय अभ्यासहरूबाट नेपालमा प्रभाव पार्ने गरी काम गर्न आग्रह


१७ असार २०८१, सोमबार


काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले महिला अधिकारका क्षेत्रमा भएका राम्रा प्रयासहरूले नेपालमा पनि प्रभाव पार्ने गरी काम गर्न आग्रह गरेकी छिन् ।

महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य सम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति महिलाविरुद्धको विभेद उन्मूलन कमिटी (सिड)को सदस्यमा निर्वाचित नेपालकी वन्दना राणालाई आज मन्त्रालयमा आयोजित बधाई कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन् । ‘महिला अधिकारका पक्षमा नेपालमा धेरै राम्रा प्रयासहरू भएका छन् । तर, अझै पनि हामीले थुप्रै कामहरू गर्न बाँकी छ । त्यसका निम्ति हामी सबैको एकीकृत प्रयत्न हुन जरुरी छ’, मन्त्री चौधरीले भनिन्, ‘तपाईँले अन्तर्राष्ट्रिय रूपमा नेपालको तर्फबाट राम्रो काम गरिरहनुभएको छ । अन्तर्राष्ट्रिय रूपमा भएका राम्रा प्रयासहरूले नेपालमा सकारात्मक प्रभाव पार्ने गरी काम गर्न अनुरोध गर्दछु ।’
मन्त्री चौधरीले अझै पनि महिलालाई हेप्ने, कमजोर ठान्ने मानसिकता रहेको भन्दै ती सबै गलत कार्यको अन्त्यका निम्ति अझै काम गर्न आवश्यक रहेको बताइन् । पोलिसि मेकरबाटै अहिले पनि समस्या रहेको उनको भनाइ थियो ।

उनले महिला अधिकार तथा संरक्षणका निम्ति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी ल्याउनका निम्ति भूमिका खेल्न आग्रह गरिन् । मन्त्री चौधरीले भनिन्, ‘हामी महिलाका क्षेत्रमा थुप्रै उपलब्धिहरू हासिल गरेका छौँ । तर अझै पनि हामीले थुप्रै कामहरू गर्न बाँकी नै छन् । खास गरी संविधान, ऐन, कानूनले गरेका व्यवस्थाहरू कार्यान्वयन गर्न बाँकी छ । लिस्ट अफ इश्युहरू धेरै छन् । त्यसलाई समाधान गर्नका निम्ति हामीले काम गर्न आवश्यक छ ।’ मन्त्री चौधरीले अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने दोस्रो तहका महिला नेतृत्व उत्पादन गर्न तिर लाग्न समेत राणालाई आग्रह गरिन् ।

त्यस अवसरमा सिड कमिटी सदस्य वन्दना राणाले लैङ्गिक समानताको सबैभन्दा ठुलो अड्चन विद्यमान गलत मानसिकता रहेको बताइन् । अझै पनि महिलालाई विभिन्न उपमा दिएर कमजोर बनाउने प्रवृत्ति रहेको भन्दै त्यसलाई चिर्न आवश्यक रहेको उनको भनाई छ ।

कार्यक्रममा मन्त्रालयका सचिव दिनेश भट्टराईले मन्त्रालय अन्तर्गतका विभाग र महिला विकास कार्यालयहरू खारेज हुँदा मन्त्रालयका कार्यक्रम सम्पादन गर्न प्रदेश तथा स्थानीय तहमा निर्भर हुनुपर्दा थुप्रै कठिनाइ झेल्दै आइरहेको बताए । कार्यक्रमको सहजीकरण मन्त्रालयका सहसचिव आभा श्रेष्ठ कर्णले गरेकी थिइन् ।

सिड कमिटीमा निर्वाचित राणा यसअघि दुई कार्यकाल सदस्य निर्वाचित भइसकेकी छिन् । अमेरिकाको न्यूयोर्कमा भएको मतदानमा राणा एक सय ४६ मत प्राप्त गर्दै तेस्रो पटक विजयी भएकी हुन् । उनले आगामी सन् २०२५ देखि २०२८ सम्मका लागि कार्यभार सम्हाल्नेछिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस