भिजिट भिसामा विदेश नपठाउन म्यानपावर व्यवसायीलाई मन्त्री अर्यालको आग्रह « प्रशासन
Logo १९ असार २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

भिजिट भिसामा विदेश नपठाउन म्यानपावर व्यवसायीलाई मन्त्री अर्यालको आग्रह


१७ असार २०८१, सोमबार


काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले नेपालीलाई भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा नपठाउन आग्रह गरेका छन् ।

सोमबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३२ औ स्थापना दिवस तथा ३० औ वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले भिजिट भिसा र व्यक्तिगत भिसामा हुने ठगी रोक्नुपर्ने धारणा राखेका हुन् ।

‘हामीलाई थाहा छ व्यवसायी नै यस्तो खालको ठगीमा संलग्न छन् । त्यसैले एक पटक म सबैलाई यस्तो गतिविधि रोक्न आग्रह गर्छु । मेरो नेतृत्वले निर्मम भएर यसमा काम गर्न नपरोस्’, उनले भने ।

भिजिट भिसा र व्यक्तिगत भिसाको नाममा नेपालीले नेपालीलाई नै ठगी गरिरहेको मन्त्री अर्यालले बताए । ‘ठगिने पनि नेपाली ठग्ने पनि नेपाली । तपाईँहरू आफ्नै छातीमा हात राखेर जिम्मेवार भएर सोचिदिनुस् । कसैलाई पक्राउ गर्ने मेरो चाहना छैन । गल्ती गर्नेलाई कानुनले नै कारवाही गर्छ । म कसैको ढोका ढकढकाउनु जानुपर्दैन’, उनले भने ।

वैदेशिक रोजगार व्यवसायीहरू जिम्मेवार भएमा वैदेशिक रोजगारको क्षेत्र मर्यादित, व्यवस्थित र पारदर्शी हुने मन्त्री अर्यालको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस