ललितपुर महानगरद्वारा प्रस्तावित वार्षिक बजेट पारित  « प्रशासन
Logo १९ असार २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

ललितपुर महानगरद्वारा प्रस्तावित वार्षिक बजेट पारित 


१७ असार २०८१, सोमबार


पाटन (ललितपुर) । ललितपुर महानगरपालिकाको नगर सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तावित वार्षिक बजेट पारित गरेको छ । 

यही असार १० गतेको नगरसभा बैठकमा उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले पेस गरेको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक बजेट र आर्थिक विधेयक आजको नगरसभाको बैठकले सर्वसम्मतिले पारित भएको प्रवक्ता तथा वडा नं ९ का अध्यक्ष राजु महर्जनले जानकारी दिए । महानगरले रु. सात अर्ब ४६ करोड ८३ लाख ९२ हजारको बजेट ल्याएको थियो ।

“वार्षिक बजेटमा स्रोतको व्यवस्थापनतर्फ संघीय सरकारबाट रु. एक अर्ब ३२ करोड ८० लाख र बागमती प्रदेश सरकारबाट रु. २२ करोड ९२ लाख ९२ हजार प्राप्त हुने अनुमान गरिएको छ, आन्तरिक स्रोतबाट रु तीन अर्ब ५५ करोड ९६ लाख संकलन हुने अनुमान गरिएको छ”, प्रवक्ता महर्जनले भने ।

प्रवक्ता महर्जनका अनुसार चालु खर्चतर्फ रु. दुई अर्ब ७८ करोड ८९ लाख र पुँजीगततर्फ चार अर्ब ६७ करोड ९४ लाख विनियोजन गरिएको छ । यस वर्षको वार्षिक बजेटमा वातावरणीय योजनालाई पहिलो प्राथमिकतामा राखिएको महानगर प्रमुख चिरीबाबु महर्जनले जानकारी गराए । 

“चरणबद्धरुपमा हामीले औपचारिक, अनौपचारिक ढङ्गबाट छलफल गर्‍यौँ, नगरसभामा घनिभूत छलफलपछि नगरसभाका सदस्यहरूले राखेको केही संशोधनसहित बजेट पारित भयो, वातावरणीय योजनालाई पहिलो प्राथमिकतामा राखिएको छ, शिक्षा र स्वास्थ्य, सम्पदा संरक्षण, पूर्वाधार निर्माणलाई विशेष ध्यान दिएका छौँ, ज्येष्ठ नागरिक र बालबालिका समेतलाई प्राथमिकतामा राखेका छौँ”, प्रमुख महर्जनले भने ।

वातावरण संरक्षण, हरियाली प्रवर्द्धनका साथै पोखरीको संरक्षण गर्दै सहरी सौन्दर्यता कायम राख्ने कुरालाई महानगरले विगतका वर्षदेखि नै प्राथमिकतामा राख्दै आएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस