रानीसैनमा ‘भिस्याट’ प्रविधिमार्फत टेलिफोन सेवा « प्रशासन
Logo २० असार २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

रानीसैनमा ‘भिस्याट’ प्रविधिमार्फत टेलिफोन सेवा


१८ असार २०८१, मंगलबार


बाजुरा । नेपाल टेलिकमले हुम्ला, बाजुरा र बझाङको सीमा क्षेत्र स्थित रानीसैनमा भिस्याट प्रविधिमार्फत टेलिफोन सेवा सञ्चालनमा ल्याएको छ ।  बाजुरा सदरमुकाम मार्तडीबाट गाडीमा एक दिन र यसपछि करिब चार दिन पैदल हिँडेर तथा हुम्ला सदरमुकाम सिमकोटबाट गाडीमा चार घण्टा र एक दिन पैदल हिँडेर यो स्थानमा पुग्न सकिने स्थानीयको भनाइ छ । 

सैपाल हिमाल क्षेत्रमा  रहेको सो भन्दा करिब २० किलोमिटर तल लाम्पाटा र माथि पाँच हजार पाँच सय मिटर उचाइमा पुगेर मात्र मोबाइल सेवामार्फत सम्पर्क गर्न सकिने अवस्था थियो । नेपाल टेलिकम प्राविधिक सहायक रामबहादुर खातीले रानीसैन क्षेत्रका करिब छ सय बासिन्दाले सहज तरिकाले टेलिफोन सेवा पाउने जानकारी दिए । 

उनका अनुसार हुम्लाका स्थानीय सोनाम लामाले भिस्याटमार्फत टेलिफोन सेवा सञ्चालन गर्ने अनुमति लिएपछि सेवा सुरु भएको थियो । सैपाल हिमालको काखमा अवस्थित नाम्खा, रानीसैन खासगरी चरिचरन क्षेत्र हो । यहाँ छ महिनाभन्दा बढी हिउँ पर्ने भएकाले अन्य समयमा मानिसको बसोबास हुँदैन । करिब तीन हजार छ सय मिटरको उचाइमा अवस्थित सो क्षेत्रमा सेवा सञ्चालन भएपश्चात् त्यहाँ बसोबास गर्ने हुम्ला र बाजुरा दुवै क्षेत्रका बासिन्दा लाभान्वित हुने प्राविधिक सहायक खातीले बताए । 

भिस्याट सेवा सञ्चालनका लागि आवश्यक उपकरण हुम्लाको ताँजाकोट जिमानाबाट करिब चार दिनसम्म मानिसले बोकेर रानीसैन पुर्‍याइएको थियो । दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने सरकारको नीतिअनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको हो । चालु आवमा दार्चुलाको तिंकर, रसुवाको गोसाईंकुण्ड, सङ्खुवासभाको किमाथाङ्कालगायत स्थानमा भिस्याटमार्फत सेवा सञ्चालन गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस