एकीकृत समाजवादी महाधिवेशन: चार प्रतिवेदनमाथि छलफल « प्रशासन
Logo २० असार २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

एकीकृत समाजवादी महाधिवेशन: चार प्रतिवेदनमाथि छलफल


१८ असार २०८१, मंगलबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को महाधिवेशनमा विभिन्न चार विषयका प्रतिवेदन माथि छलफल प्रारम्भ गरिएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानको सभाहलमा जारी महाधिवेशनमा प्रतिनिधिहरूको धारणा लिन राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा सामूहिक छलफल सुरु गरिएको हो ।

यी प्रतिवेदनमा उल्लिखित पार्टीका नीति तथा कार्यक्रमका आधारमा नयाँ कार्यसमिति निर्वाचित गरिने पोलिटब्यूरो सदस्य सोमप्रसाद पाण्डेले जानकारी दिए ।

पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तयार पारेको राजनीतिक प्रतिवेदनमा राष्ट्रिय एकता, सामाजिक, सांस्कृतिक पक्ष उल्लेख गरिएका छन् । उक्त प्रतिवेदनमा मुलुकको समसामयिक परिस्थिति, राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति, पार्टीको आगामी कार्य योजनासमेत प्रस्तुत गरिएको छ ।

सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रस्तुत गरेको समाजवादी कार्यक्रमसम्बन्धी प्रतिवेदनमा समाजवादको स्वरूप, आर्थिक रूपान्तरणका साथै वैज्ञानिक समाजवादका विषय छन् । भूमि व्यवस्थित गरी उत्पादन बढाउने, रोजगारी सिर्जना गर्ने, विकास तथा समृद्धिका आधार तयार गरिएको छ । मुलुकमा सामाजिक न्याय, समानतासहित विकास तथा समृद्धिका लागि समाजवादी व्यवस्था कार्यान्वयनमा जोड दिइएको छ ।

पार्टीका उपाध्यक्ष बेदुराम भुसालको विधान दस्ताबेजमा पार्टीमा तल्लो तहदेखि माथिल्लो तहसम्म निर्वाचित हुनुपर्ने, सबै कमिटीलाई लोकतान्त्रिक पद्धतिबाट अनुमोदित गराउने विशेषता छ । युवा सहभागिता वृद्धि गर्ने विषयलाई प्राथमिकता दिएको जनाइएको छ ।

यसैगरी महासचिव घनश्याम भुसालले प्रस्तुत गरेको साङ्गठानिक प्रतिवेदन देशभर पार्टीको सङ्गठनको अवस्था, आगामी योजना तथा कार्यक्रम, सशक्त सङ्गठन निर्माणका विधि, महाधिवेशन केन्द्रित अभियान उल्लेख छन् । सशक्त पार्टी निर्माणका लागि सङ्गठनको महत्त्वपूर्ण भूमिका उल्लेख गरिएको दस्ताबेजमा पार्टी निकट सबै सङ्गठन जनहितमा परिचालन गर्नुपर्नेमा जोड दिइएको छ ।

पार्टीका नेता राजेन्द्र राई र साध्यबहादुर भण्डारीले पूरक प्रतिवेदन पेस गरेका थिए । यसमा पनि छलफल गरिने छ । महाधिवेशनमा एक हजार आठ सय ४९ प्रतिनिधि सहभागी छन् । छलफल सकिएपछि निर्वाचन प्रक्रिया सुरु हुने जनाइएको छ । निर्वाचन विद्युतीय उपकरणबाट गरिने तयारी छ । यही असार २० गतेसम्म महाधिवेशन चल्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस