भ्रष्टाचारको फाइल खोलेपछि काँग्रेस-एमालेमा त्रास देखियो : प्रधानमन्त्री ‘प्रचण्ड’ « प्रशासन
Logo २० असार २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

भ्रष्टाचारको फाइल खोलेपछि काँग्रेस-एमालेमा त्रास देखियो : प्रधानमन्त्री ‘प्रचण्ड’


१८ असार २०८१, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारको फाइल खोलेपछि काँग्रेस–एमालेमा त्रास देखियो बताएका छन् । मुलुकलाई पश्चगमनतर्फ धकेल्न डरलाग्दो षड्यन्त्र भएको पनि उनले बताएका छन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा उनले काँग्रेस र एमालेले मुलुकलाई ०४७ कै अवस्थामा धकेल्ने प्रयास गरेको भन्दै त्यसको सशक्त प्रतिवाद गर्ने बताएका हुन् ।

‘संविधानलाई नै डिरेल हिसाबले कोसिस भइराखेको छ । भ्रष्टाचारको फाइल खोलेपछि काँग्रेस–एमालेमा त्रास देखियो । माओवादी जनयुद्धले ल्याएका उपलब्धि, संघीयता, समावेशी सहभागिता, संविधान उल्ट्याएर मुलुकलाई पुरानै अवस्थामा धकेल्ने षड्यन्त्र भइरहेको छ । यसको सशक्त प्रतिवाद गर्नुपर्छ’, ‘प्रचण्ड’को भनाइ छ ।

बैठकमा ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी ओलीले दोहोरो भूमिका खेलेकोमा पनि बताए । ओलीसँग बिहानमात्रै भेट हुँदा समेत बाहिर आएका कुरा केही नभएको भनेर ओलीले जवाफ दिएको ‘प्रचण्ड’ले बैठकमा ब्रिफिङ गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस