कोशी प्रदेश : छ वर्षमा साढे चार हजार किलोमिटर सडक निर्माण « प्रशासन
Logo २० असार २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

कोशी प्रदेश : छ वर्षमा साढे चार हजार किलोमिटर सडक निर्माण


१८ असार २०८१, मंगलबार


मोरङ । कोशी प्रदेशमा पछिल्लो छ वर्षमा साढे चार हजारभन्दा बढी किलोमिटर निर्माण भएको छ ।

मुलुक सङ्घीय संरचनामा गइसकेपछि गठन भएका विभिन्न सरकारले प्रदेशका १४ जिल्लाका सदरमुकामसम्म पहुँच पुग्ने सडक निर्माण गरेको जनाइएको छ ।

प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयकाले आर्थिक वर्ष २०७५/७६ देखि आव २०८०/८१ को चैतसम्म कूल चार हजार छ सय ६४ किलोमिटर सडक मर्मत, ग्राभेल, कच्ची सडक, ढलान सडक, सोलिङ सडक, सडक ट्रयाक खोल्ने र कालोपत्रे गर्ने गरेको उक्त मन्त्रालयका सूचना अधिकृत इञ्जिनियर आयुष जोशीले जानकारी दिए ।

मन्त्रालयका अनुसार आव २०७५/७६ मा छ सय एक, आव २०७६/७७ मा ६१ दशमलव ५४, आव २०७७/७८ मा ५१ दशमलव १३, आव २०७८/७९ मा एक सय छ दशमलव १६ र आव २०७९/८० मा दुई सय चार दशमलव ११ र आव २०८०/८१ को चैतमसान्तसम्म १६ दशमलव तीन गरी एक हजार ४० दशमलव २४ किलोमिटर सडक मर्मत गरिएको छ।

मन्त्रालयका अनुसार आव २०७५/७६ मा एक सय २८ दशमलव नौ, आव २०७६/७७ मा दुई सय ११ दशमलव ३५, आव २०७७/८ मा एक सय ७५ दशमलव ३१, आव २०७८/७९ मा तीन सय ८० दशमलव १९ र आव २०७९/८० मा दुई सय ५९ दशमलव ३९, आव २०८०/८१ को चैत मसान्तसम्म एक सय दुई दशमलव ३६ गरी एक हजार दुई सय ५७ दशमलव पाँच किलोमिटर सडकमा ग्राभेल गरिएको छ ।

आव २०७५/७६ मा एक सय ८१ दशमलव तीन, आव २०७६/७७ मा चार सय ७७ दशमलव ८२, आव २०७७/७८ मा एक सय नौ दशमलव १९, आव २०७८/७९ मा ९१ दशमलव शून्य सात र आव २०७९/८० मा एक सय ४१ दशमलव ५५, आव २०८०/८१ को चैत मसान्तसम्म एक सय एक दशमलव ४६ गरी जम्मा एक हजार एक सय दुई दशमलव ३८ किलोमिटर कच्ची सडक निर्माण गरिएको छ ।

सडक कालोपत्रेतर्फ आव २०७५/७६ मा २६ दशमलव १८, २०७६/७७ मा आव ५२ दशमलव २१, आव २०७७/७८ मा ४० दशमलव ६१, आव २०७८/७९ मा ९८ दशमलव ७२, र आव २०७९/८० मा २०६ दशमलव ४८, आव २०८०/८१ को चैतमसान्तसम्म १०३ दशमलव ७१ गरी ५२७ दशमलव ९२ किलोमिटर निर्माण सम्पत्र गरिएको छ ।

सोही अवधिमा ढलान सडकतर्फ १७ दशमलव २८ , सोलिङ्ग सडकतर्फ ४७ दशमलव ८४ किलोमिटर कार्य सम्पत्र गरी ३७२ दशमलव ९३ किलोमिटर सडकको ट्रयाक खुला गरिएको अधिकारी जोशीले जानकारी दिए ।

मन्त्रालयले आव २०७५/७६ मा मोटरेवल पुल १०, आव २०७६/७७ मा १२, आव २०७७/७८ मा आठ, आव २०७८/७९ मा २५ र आव २०७९/८० मा १९, आव २०८०/८१ मा छ गरी जम्मा ८० बटा निर्माण सम्पन्न भएसंगै एक सय ८४ बटा झोलुङ्गले पुल र वहुबर्षीय सडकअन्तर्गत २२ वटा निर्माण सम्पन्न भएको छ ।

प्रदेशको सोलुखुम्बुको खुम्बु पासाङ्ग ल्हामु गाउँपालिका र सङ्खुवासभाको भेटखोला गाउँपालिका बाहेक सबै स्थानीय तहको केन्द्रसम्म सडकको पहुँच पुगेको छ ।

मन्त्रालयले हालसम्म ३३ वटा सरकारी भवन निर्माण, एक सय पाँच वटा सामुदायिक भवन निर्माण, ११ वटा भ्यू टावर, १८ वडा वस पार्क निर्माण, ४६ वटा पार्क निर्माण र ५४ वटा एकीकृत वस्तीे विकासको कामसँग कोशी प्रदेशसभा हल पनि निर्माण गरेको छ ।

जनता आवास कार्यक्रमवाट आर्थिक रुपले विपत्र तथा लोमोन्मुख समुदायका पाँच हजार नौ सय १० परिवारको आवास निर्माण सम्पत्र भएको छ ।

मन्त्रालयले प्रदेशतर्फबाट बहुवर्षीय सडकपुल निर्माणका लागि आगामी आर्थिक वर्षका लागि आवश्यक बजेट व्यवस्थापन गरेको छ । आर्थिक वर्ष २०८०/८१ को चैतमसान्तसम्मा दुधकोशी नदी पुल चुहार उदयपुर र भोजपुर सीमा, तामोर नदी पुल, तेह्रथुम र पाँचथरको प्रगति अवस्थामा क्रमशः १२ र २२ दशमलव ६२ प्रतिशत प्रगति भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस