अमेरिकी सर्वोच्च अदालतले ट्रम्पको पक्षमा निर्णय सुनाएपछि बाइडेनलाई झड्का « प्रशासन
Logo २० असार २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

अमेरिकी सर्वोच्च अदालतले ट्रम्पको पक्षमा निर्णय सुनाएपछि बाइडेनलाई झड्का


१८ असार २०८१, मंगलबार


काठमाडौँ । अमेरिकी सर्वोच्च अदालतले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको एक मुद्दामा उनको पक्षमा निर्णय सुनाएको छ ।

जो बाइडेन विरुद्धको चुनावी प्रतिस्पर्धाको बेला ट्रम्पका समर्थकहरूको भिडले संसद् भवनमा घुसेर तोडफोड गरेको मुद्दामा सर्वोच्चले ट्रम्पको पक्षमा निर्णय सुनाएको हो । चुनावको परिणाम उल्टाउन ट्रम्पले आफ्ना समर्थकलाई उकासेर तोडफोडमा उतारेको आरोप सरकारले लगाएको थियो ।

तर आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा पुनः बाइडेनविरुद्ध प्रतिस्पर्धामा उत्रिएका ट्रम्पकै पक्षमा सर्वोच्चले निर्णय सुनाएपछि उनलाई राहत मिलेको र बाइडेनलाई ठूलो झट्का लागेको न्यूयोर्क टाइम्सले जनाएको छ ।

संसद् भवनमा भएको तोडफोडको विषयमा आपराधिक मामिलामा मुद्दा नचलाउन अनुरोध गर्दै ट्रम्पले वासिङ्गटनको तल्लो तहको एक अदालतमा अपिल गरेका थिए । तर उक्त अपिल अदालतले खारेज गरिदिएको थियो । यद्यपि तल्लो तहको अदालतको सो निर्णयलाई सर्वोच्च अदालतले खारेज गरिदिएको बीबीसीले जनाएको छ ।

यस सम्बन्धी मुद्दा सर्वोच्च अदालतले ट्रायल कोर्टमा फर्काइदिएको छ । अब ट्रायल कोर्टमा राष्ट्रपति निर्वाचनपछि सुनुवाइ हुनेछ । यदि ट्रम्पले चुनाव जितेमा यो मुद्दालाई आफ्नो शक्ति प्रयोग गरेर खारेज गरिदिन सक्छन् । त्यसैले सर्वोच्चको निर्णयपछि उक्त मुद्दामा ट्रम्पले राहत पाउने लगभग निश्चित भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस