नेपाली श्रमिक इजरायल नपठाउन अपिल « प्रशासन
Logo २० असार २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

नेपाली श्रमिक इजरायल नपठाउन अपिल


१८ असार २०८१, मंगलबार


काठमाडौँ । अभियन्ताहरूले युद्धरत इजरायलमा रोजगारीका लागि नेपाली नागरिकलाई नपठाउन आग्रह गरेका छन् ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा केयर गिभरका रूपमा नेपाली कामदार पठाउने प्रक्रिया अगाडि बढाएको छ । अभियन्ताहरूले सरकारको उक्त निर्णय तत्काल रद्द गर्न माग गरेका हुन् ।

अभियन्ताहरूले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘सम्बद्ध मन्त्रालय नेपाल सरकारलाई नेपाली नागरिकहरूको बाँच्न पाउने मौलिक हकबाट उनीहरूलाई वञ्चित नगर्न र मानव अधिकारको न्यूनतम प्रतिबद्धता पालना गर्न हाम्रो अनुरोध छ ।’

वक्तव्यमा सरकारलाई ‘नेपाली श्रमिकको बाँच्न पाउने मौलिक हकको सवालसँगै उनीहरूलाई इजरायलमा पठाउनु भनेको इजरायलले गरेको नरसंहारमा नेपालको सहयोग/समर्थन रहेको हो ?’ भनेर प्रश्नसमेत गरिएको छ ।

२०२३ अक्टोबर ७ मा इजरायलमा हमासको आक्रमणमा परी १० जना नेपालीले ज्यान गुमाएका थिए । एकजना अझै बेपत्ता छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस