नेसपा यादव समूहले भन्यो-काँग्रेस र एमाले मिलेर प्राप्त उपलब्धि उल्ट्याउने आशंका बढ्यो « प्रशासन
Logo २० असार २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

नेसपा यादव समूहले भन्यो-काँग्रेस र एमाले मिलेर प्राप्त उपलब्धि उल्ट्याउने आशंका बढ्यो


१८ असार २०८१, मंगलबार


काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष महिन्द्र राय यादव समूहले राष्ट्रिय राजनीतिमा देखिएको उथलपुथलबारे पार्टीको गम्भीर रूपमा ध्यानाकर्षण भएको जनाएको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै यादव समूहले देशका ठुला पार्टी मिलेर लोकतन्त्रलाई कमजोर पार्ने र संशोधनमार्फत प्राप्त उपलब्धि उल्ट्याउने षड्यन्त्र भएको विज्ञप्तिमा उल्लेख छ ।

‘सरकार फेरबदल सामान्य कुरा हो तर देशका ठुला पार्टीहरू नै मिलेर लोकतन्त्रलाई कमजोर पार्ने, संविधान संशोधन मार्फत प्राप्त उपलब्धि उल्ट्याउँदै जाने षड्यन्त्र त भइरहेको छैन भन्ने आशंका बढाएको छ’, विज्ञप्तिमा लेखिएको छ ।

साथै अर्का अध्यक्ष डा. बाबुराम भट्टराई समूहले एकतर्फी महाधिवेशन आयोजक कमिटीमा रूपान्तरण गरेको केन्द्रीय समितिलाई निर्वाचन आयोगमा अद्यावधि गरेकोमा आपत्ति जनाएको छ । मंगलबार चैत ५ गते बसेको भट्टराई समूहको केन्द्रीय समिति बैठकले यादव समूहलाई कारबाही गरी अद्यावधिका लागि आयोगका निवेदन दिएको थियो । तर भट्टराई समूहको उक्त निर्णय अवैधानिक र अराजनीतिक भएको भन्दै रद्द गर्न यादव समूहले असार १३ गते आयोगमा निवेदन दिएको थियो । आवश्यक परे कानुनी उपचारका लागि जान तयार भएको विज्ञप्तिमा भनिएको छ । साथै माओवादी केन्द्रसँग विगतमा भएको एकताप्रति प्रतिबद्ध रहेको उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस