शिक्षा मन्त्रालयद्वारा शैक्षिक प्रमाण पत्र प्रमाणीकरण सम्बन्धी कार्यविधि स्वीकृत « प्रशासन
Logo २० असार २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

शिक्षा मन्त्रालयद्वारा शैक्षिक प्रमाण पत्र प्रमाणीकरण सम्बन्धी कार्यविधि स्वीकृत


१८ असार २०८१, मंगलबार


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक प्रमाण पत्र प्रमाणीकरण सम्बन्धी कार्यविधि, २०८१ स्वीकृत गरेको छ । शैक्षिक प्रमाण पत्रको समकक्षता सहज बनाउन कार्यविधि बनाइएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

कार्यविधिमा विभिन्न विश्वविद्यालय, प्रतिष्ठान तथा विद्यालयबाट जारी भएका शैक्षिक योग्यता प्रमाण पत्रको प्रमाणीकरण तथा समकक्षता प्रमाण पत्रको प्रमाणीकरण सम्बन्धी व्यवस्था गरिएको छ ।

विद्यालयको शैक्षिक योग्यता प्रमाणीकरण गर्न विद्यालय शिक्षाका कक्षा १ देखि कक्षा ९ सम्म तथा कक्षा ११ को प्रमाणपत्र प्रमाणीकरणको लागि सम्बन्धित विद्यार्थी वा अभिभावकले निवेदन दिन सक्नेछन् ।

निवेदनका साथ मार्कसिट, ट्रान्सफर तथा माइग्रेसन प्रमाण पत्र, सम्बन्धित स्थानीय तहको शिक्षा शाखा, महाशाखा वा अधिकृत स्तरको कर्मचारीबाट ‘भेरिफाइ’ गरी पेस गर्नुपर्ने व्यवस्था गरेको छ ।

कक्षा १० तथा १२ को प्रमाण पत्रको प्रमाणीकरणका लागि राष्ट्रिय परीक्षा बोर्डको सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयबाट ‘भेरिफाइ’ गराउनु पर्नेछ ।

उच्च शिक्षाको लागि सम्पूर्ण प्रमाण पत्र बुझाएपछि माइग्रेसन जारी गर्न अधिकारप्राप्त निकायबाट ‘भेरिफाइ’ भए शाखा प्रमुखले प्रमाणीकरण गरिदिन सक्ने कार्यविधिमा उल्लेख छ ।

विदेशी विश्वविद्यालयबाट पढेको भए सम्बन्धित मुलुकको नेपालस्थित कूटनीतिक नियोगको भेरिफाइ गर्नुपर्ने त्यो सम्भव नभए स्वघोषणा गरेर निवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस