Logo २३ माघ २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

बैंकका नाफाः इन्भेष्टमेन्ट २ अर्ब ५५ करोड, कुमारी ७४ करोड र जनता साढे ३२ करोड


प्रशासन संवाददाता

२३ श्रावण २०७३, आइतबार


२३ साउन, काठमाडौं । आइतबार तीन वाणिज्य बैंकले गत आर्थिक वर्षको अपस्किृत वित्तीय विवरण सार्वजानिक गरेका छन् । तीनवटै बैंकको नाफा बढेको प्रकाशित वित्तीय विवरणमा उल्लेख छ ।

गत आर्थिक वर्षमा नेपाल इन्भेष्टथमेन्ट बैंकले २ अर्ब ५५ करोड रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षकोभन्दा ३० प्रतिशतले बढी हो । बैंकको खुद व्याज आम्दानीमा ३१.६६ प्रतिशतले बढेर ३ अर्ब ९२ करोड रुपैयाँ पुगेपछि त्यसले नाफा वृद्धिमा महत्वपूर्ण सहयोग गरेको हो ।

चुक्ता पुँजी ७ अर्ब २५ करोड रुपैयाँ भएको बैंकको जगेडा कोषमा १० अर्ब ५५ करोड रुपैयाँ छ । एक वर्षको अवधिमा बैंकको निक्षेप संकलन १९.८५ प्रतिशत बढेर १ खर्ब ८ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी, एक वर्षको अवधिमा बैंकको कर्जा प्रवाह १६.१९ प्रतिशतले बढेर ८७ अर्ब ९७ लाख रुपैयाँ पुगेको छ ।

बैंकको प्रतिसेयर वाषिर्क आम्दानी ३५.१६ रुपैयाँ, मुल्य आम्दानी अनुपात २९.५८ गुणा, प्रतिसेयर नेटवर्थ २ सय ४५.४९ रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ । बैंकको खराब कर्जा ६८ प्रतिशत छ ।

त्यसैगरी, गत आर्थिक वर्षमा कुमारी बैंकले ७४ करोड रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो आवको भन्दा ८७.५० प्रतिशतले धेरै हो । अघिल्लो आव बैंकले ३० करोड ५० लाख रुपैयाँ नाफा कमाएको थियो ।

संभावित जोखिम व्यवस्थाका लागि छुट्याएको मोटो रकम फिर्ता भएपछि त्यसले बैंकको नाफा बढाएको हो । यस अवधिमा बैंकले ४३ करोड २० लाख रुपैयाँ जोखिम व्यवस्थाका लागि छुट्याइएको रकम फिर्ता (राइटब्याक) गरेको छ ।

२ अर्ब ६९ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा एक अर्ब ३८ लाख रुपैंयाँ रहेको छ । बैंकले सो अवधीमा खराब कर्जालाई २ दशमलब ४९ प्रतिशतबाट घटाएर एक दशमलब ११ प्रतिशतमा सिमित गराएको छ ।

बैंकले ३७ अर्ब ९५ करोड निक्षेप संकलन गरेर ३० अर्ब ११ करोड रुपैंयाँ कर्जा तथा सापटी प्रवाह गरेको छ ।  बैंकको प्रतिसेयर आम्दानी २७ रुपैंयाँ ४२ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १५१ रुपैंयाँ ४३ पैसा रहेको छ ।

त्यसैगरी, गत आर्थिक वर्षमा जनता बैंकले ३२ करोड ५३ लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो वर्षको भन्दा ११६ प्रतिशतले बढी हो।बैंकको खुद व्याज आम्दानी २३.६७ प्रतिशतले बढेर ७४ करोड ७६ लाख रुपैयाँ पुगेको छ । २ अर्ब ६ करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकको जगेडा कोषमा ६२ करोड २९ लाख रुपैयाँ छ ।

त्यसैगरी, बैंकको कुल निक्षेप २४ अर्ब ६ करोड ७५ लाख र कर्जा २० अर्ब ४७ करोड २५ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकको प्रतिसेयर वाषिर्क आम्दानी १५.७९ रुपैयाँ, मुल्य आम्दानी अनुपात २८ गुणा, प्रतिसेयर नेटवर्थ १३०.२४ रुपैयाँ छ । बैंकको खराब कर्जा १.१५ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस