३ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

५५ वर्षमा अक्षर चिन्दा…

अ+ अ-

  बागलुङ । ‘क पनि लेख्न जान्ने थिएनौँ, अहिले त आफ्नो, श्रीमान्को नाम लेख्ने भयौँ’ वर्ष ५५ कि शान्ति श्रेष्ठले भन्नुभयो – “यसरी लेख्न जानिएला भन्ने थिएन, नसोचेको भयो ।” घरधन्दामा सीमित बागलुङ, हटिया–३ कि श्रेष्ठलाई अक्षर चिन्न पाँच दशक बढी लाग्यो । बढ्दो उमेरमा सामान्य लेखपढ गर्न सिक्ने उहाँको धोको आज आएर पूरा भएको छ ।
सरकारले चलाएको साक्षरता अभियानले श्रेष्ठजस्तै कैयन महिलाको जीवनमा नसोचेको परिवर्तन आएको छ । बल्ल २४ वर्ष उमेर पुगेकी हरिचौर–८ की जगतकुमारी नेपाली पनि पढ्ने अवसरबाट वञ्चित हुनुहुन्थ्यो । गाउँमा चलेको साक्षरता कक्षामा भाग लिएपछि उहाँ लेखपढ गर्न सक्ने हुनुभएको हो । “घरमा पढाउनुभएन, अहिलेसम्म पढ्ने–लेख्ने भन्ने केही थाहा थिएन” नेपालीले भन्नुभयो – “अहिले आफूलाई लागेको कुरा भन्न र लेख्न सक्ने भएकी छु ।” महिलामा साक्षरता कक्षाले आत्मविश्वास पनि बढाउनाका साथै ढुक्कसँग आफ्ना कुरा राख्न सक्ने बनाएको उहाँले प्रशन्न हुँदै बताउनुभयो । साक्षरता पछिका निरन्तर शिक्षा कार्यक्रममा परीक्षा दिनुभएकी हटिया–३ कि शान्ति श्रेष्ठले ढल्कँदो उमेरमा पनि अक्षर चिन्न पाउँदा खुसी लागेको उल्लेख गर्नुभयो । विद्यालय नै नदेखेका र अक्षर भन्ने थाहै नपाएका महिला लेखपढ गर्न सक्ने हुनु, ठूलो कुरा रहेको उहाँको भनाइ छ । “परीक्षामा सोधेका प्रश्नको पनि उत्तर लेख्यौँ, अलिअलि हिसाब गर्न पनि आउँछ”, श्रेष्ठले भन्नुभयो – “हामीलाई अक्षर लेख्न सिकाएकामा स्रोतव्यक्तिहरुलाई धन्यवाद छ ।” साक्षरपछिको निरन्तर शिक्षा कार्यक्रममा सहभागीले केही समयअघि बाह्य मूल्याङ्कनअन्तर्गत परीक्षा दिएका थिए । प्रौढ उमेरका महिला उत्साहपूर्ण रुपमा परीक्षामा सहभागी भएको हरिचौर स्रोत केन्द्रका स्रोतव्यक्ति बमबहादुर थापाले बताउनुभयो । आन्तरिक र बाह्य मूल्याङ्कनमार्फत न्यूनतम ४० प्रतिशतभन्दा माथिको अङ्क ल्याउनेलाई प्रमाणपत्रसमेत दिने गरिएको उहाँको भनाइ छ । जिल्ला शिक्षा कार्यालयले साक्षर भइसकेकाहरुलाई निरन्तर शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

जिल्ला नै साक्षर घोषणा भइसकेपछि निरन्तर शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाइएको जिशिअ विष्णुप्रसाद मिश्रले बताउनुभयो । गत असार ३ गते बागलुङ देशकै २८औँ साक्षर जिल्लाका रुपमा घोषणा भएको थियो । जिल्लाको १५ देखि ६० वर्ष उमेर समूहको कुल जनसङ्ख्यामध्ये साक्षर जनसङ्ख्या ९६ दशमलव ५७ प्रतिशत पुगेको छ । बाँकी ४३ प्रतिशत निरक्षरलाई पनि आगामी वर्षभित्र साक्षर बनाउने लक्ष्य लिइएको छ । जिल्ला शिक्षा कार्यालयको आँकडाअनुसार १५–६० उमेर समूहका एक लाख ८३ हजार ७५ जना साक्षर बनेका छन् । “जिल्ला नै साक्षर घोषणा भइसकेको छ, अब बाँकी रहेका निरक्षरलाई अर्को वर्षभित्र साक्षर बनाउँछौँ”, जिशिअ मिश्रले भन्नुभयो – “एकपटक साक्षर भइसकेपछि पुनः निरक्षर हुने सम्भावना हुन्छ, त्यसैले हामीले निरन्तर शिक्षालाई जोड दिइरहेका छौँ ।” सरकारका मन्त्रीदेखि लिएर जिल्लाका सरोकार भएका सबै पक्षले ‘साक्षर बागलुङ’को निरन्तरताका लागि प्रतिबद्धता जनाएका छन् । ‘साक्षर बागलुङ’को लक्ष्य पूरा गर्न २०६९ सालदेखि जिल्लामा साक्षरताका सघन कार्यक्रम सञ्चालन गरिएको थियो । जसबाट एकैसाथ हजारौँ निरक्षरले साक्षर बन्ने अवसर पाए । सरकारले सन् २०१५ भित्र मुलुकबाट निरक्षरता हटाउने लक्ष्य लिए पनि त्यो पूरा हुन सकेन । हालसम्म देशका २८ जिल्ला साक्षर घोषणा भइसकेका छन् । रासस

प्रतिक्रिया दिनुहोस