६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वकप क्रिकेटका लागि महिला खेलाडीको छनोट

अ+ अ-

आइसिसी विश्वकप छनोट एसिया–२०१६ का लागि आज ३८ सदस्यीय महिला क्रिकेट खेलाडीको प्रारम्भिक छनोट गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद् ९राखेप०को आयोजनामा गत साउन ८ देखि ११ गतेसम्म कीर्तिपुरमा भएको महिला राष्ट्रिय क्रिकेट छनोट प्रतियोगिताको प्रदर्शनका आधारमा परिषदले पहिलो चरणमा ३८ खेलाडीको छनोट गरेको हो ।

राष्ट्रिय छनोट प्रतियोगिताअघि जिल्ला छनोट असार २८ र क्षेत्रीय छनोट असार ३० देखि ३१ गतेसम्म भएको थियो । छनोट हुने खेलाडीमा रुविना क्षेत्री, सन्तोषी चौधरी, सब्नम राई, ममता चौधरी, रश्मी शर्मा, काजोल श्रेष्ठ, कविता गौतम, अनिशा पराजुली, अनुराधा चौधरी, रोमा थापा, सङ्गीता राई र शोभा आले छन् ।

त्यसैगरी रचना अर्याल, सीता श्रेष्ठ, शारदा वाग्ले, अस्मिना कर्माचार्य, रोजी कडारी, आरती विडारी, रविना भण्डारी, ईन्दु बर्मा, वर्षा राणा, सरस्वती पुन, लक्ष्मी चौधरी, नेरी थापा, ममता थापा तथा गीता गोसाईं छिन् ।

तृष्णा सिंह, रोशनी बोहरा, कविता जोशी, रेखा रावल, करुणा भण्डारी, रितु कनौजिया, सीता रानामगर, सरिता मगर, सोनु खड्का, ज्योति पाण्डे, नीरा राजोपाध्याय तथा विनु बुढाथोकी प्रारम्भिक छनोटमा पर्न सफल भए । उक्त छनोट प्रतियोगिता आगामी असोज २३ देखि २९ गतेसम्म हङकङमा हुँदैछ ।

थ्रीस्टारले बराबरी खेल्यो, दोस्रो चरणमा जान अरुको नतिजा कुर्नुपर्ने

मङ्गोलयामा जारी एएफसी कप फुटबलको प्लेअफ छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालको राष्ट्रिय लिग विजेता थ्रीस्टार क्लबले कम्बोडियाको नागावल्र्ड क्लबसँग १÷१ गोलको बराबरी खेलेको छ ।

मङ्गोलियाको उलानबटारस्थित मङ्गोलियन फुटबल फेडेरेसनको मैदानमा सम्पन्न खेलमा नागावल्र्डले २८ औँ मिनेटमा अग्रता लिएको थियो । तर खेलको ८५ औँ मिनेटमा थ्रीस्टारले बराबरी गोल गर्न सफल भयो । थ्रीस्टारका लागि मार्टिनले गोल गरेका हुन् । थ्रीस्टारले पहिलो खेलमा आयोजक मङ्गोलियाकै इर्चिम क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै छनोटको सम्भावना बलियो बनाएको थियो तर आजको बराबरीले दोस्रो चरणमा जानका लागि उसले अब नागावल्र्ड र इर्चिमको नतिजा कुर्नुपर्ने भएको छ । समूह बी मा रहेको थ्रीस्टारको ४ अङ्क छ ।

तीन समूहमा विभाजन गरिएको प्लेअफ छनोट चरणमा नौ टोलीको सहभागिता रहेको छ । तीनै समूहबाट समूह विजेता टोली अर्को चरणमा पुग्नेछ । रासस

प्रतिक्रिया दिनुहोस