१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

किन आलोचित छन् कर्मचारी ? के हुन कमजोरी ?

अ+ अ-

आज हामी के हौं, त्यो हिजोको कारणले हो । आज हामी कहाँनेर आइपुगेका छौं, त्यो हिजो हामीले हिंडेको बाटोका कारण नै हो । आज हाम्रो कस्तो सोच छ त्यो हाम्रो हिजोको संस्कार र भोगाईको उपज हो । समाज हाम्रो सोचको प्रतिफल हो । तसर्थ वर्तमानमा समाजको अध्ययन गर्न हाम्रो समाजिक मनोविज्ञानको विकासक्रमलाई पनि केलाउनु जरुरी हुन्छ ।

भौतिक जगत मस्तिष्क कै उत्पत्ति हो । आज देश कुन–कुन राजनीतिक विचारप्रति झुकेको छ ? किन मुलुकमा राजनीतिक अस्थिरता छ ? आज धर्म परिवर्तन किन तीव्रतर भइरहेको छ ? आज किन अन्य मुलुकका तुलनामा हामी आर्थिक रुपमा असफल भइरहेका छौं ? किन देशमा भ्रष्टाचार मौलाएको छ ? किन निरन्तरको कोसिसका बाबजुत पनि महिला हिंसाका घटनामा कमी आएको छैन ? किन आज पेशागत निष्ठामा कमी आएको छ ? यी र यस्तै यस्तै अनगिन्ती समाजिक, राजनीतिक एवं आर्थिक, वर्तमान अवस्थाका आयामहरु बुझ्नका लागि हामीले नेपाली सामूहिक मस्तिष्कको चिरफार गर्न आवश्यक छ । आज हामीमा के कस्ता चारित्रिक गुण, धर्म छ र हामीले कसरी सोच्दछौं भन्ने सन्दर्भमा हाम्रो मस्तिष्क कसरी र कुन अवस्थामा विकास भएको थियो भन्ने सन्दर्भलाई समेत केलाउनु पर्दछ ।

हुन त व्यक्ति व्यक्तिका विचारमा केही निजात्मकता हुन्छ तर, प्रवृतिगत रुपमा मस्तिष्क व्यक्तिगत तत्व थोरै र समाजिक तत्व धेरै हो । जसरी व्यक्तिको मस्तिष्क हुन्छ, समाजको पनि मस्तिष्क हुन्छ । हिन्दुको आफ्नै सोच्ने तरिका हुन्छ । संसारको कुनै पनि कुनामा जानुहोस्, सबै हिन्दुको मनोविज्ञान उस्तै हुन्छ । तर, हिन्दू र मुसलमान समुदायवीचको मनोविज्ञान फरक–फरक हुन्छ । त्यस्तै मुसलमान र मुसलमानवीचको मनोविज्ञान उस्तै हुन्छ । त्यस्तै नेपालीहरुको पनि साझा मस्तिष्क हुन्छ । संसारभरको नेपालीले सोच्ने तरिकामा केही समानता हुन्छ, तर नेपाली र अमेरिकीको मनोविज्ञानमा पृथकता हुन्छ । राष्ट्रियता र धर्मका आधारमा मात्रै होइन, समाजका विभिन्न समुहको सामुहिक मस्तिष्क हुन्छ । भूगोल, लिङ्ग, उमेर, पेशा अनुसार हामीले सोच्ने विषयलाई प्रभाव पार्दछ । दुर्गम गाउँमा बस्नेहरुको एक किसिमको मनोविज्ञान हुन्छ । आधुनिक सहरमा बस्नेको अर्को किसिमको मनोविज्ञान हुन्छ । त्यसरी नै “टिन एजर्स” हरुको एक प्रकारको समुहिक मनोविज्ञान हुन्छ । पत्रकारहरुको साझा किसिमको सामुहिक मनोविज्ञान हुन्छ । इत्यादि ।


मेहनती वा अल्छी, प्रतिभावान वा जड्वादी, इमानदार वा भ्रष्ट सबै किसिमको कर्मचारीहरुलाई एकै किसिमको व्यवहार गरिन्छ । निश्चित रुपमा क्रमैसँग स्वतः बढुवा हुने हुन्छ । काम गरेकाले पनि नगरेकाले पनि उस्तै सुविधा र तलबमान पाउने गर्छन् जबकी जिन्दगी प्राकृतिक रुपमै प्रतियोगिता हो ।

हो, नेपाली समाजलाई चिरफार गर्नुछ भने पहिला नेपालीका सामुहिक मस्तिष्कलाई चिरफर गर्नुपर्छ । मस्तिष्क भनेको हामीभित्र समाजकै प्रतिविम्ब हो । अनि समाज भनेको हाम्रो समुहिक मस्तिष्कको परिणाम हो । उदाहरणका लागि नेपाली राजनीतिको अध्ययन गर्न राजनीतिमा प्रभाव पार्ने केही शीर्ष नेताहरुको मनोविज्ञानको अध्ययन गरे पुग्छ । किनकि उनीहरुमा भएको चारित्रिक गुण र सोच्ने तरिकाले नेपाली राजनीतिलाई प्रत्यक्ष मार्गनिर्देशित गरेको हुन्छ ।

नेपाली समाजको विभिन्न आयाममध्ये, नेपाली मस्तिष्कलाई आधार मानेर हामी हाम्रो कार्यपालिकाको सन्दर्भमा केही चिज उजागर गर्न लाग्दैछौं । सञ्चार प्रविधिको प्रयोग, वैज्ञानिक शिक्षा विधि, भूमण्डलीकरण, विदेशी बसाई, राजनीतिक परिवर्तन आदि कारणले आजको नेपाली युवा र एकाध दशक अगाडिका युवाको मनोविज्ञानमा आमूल परिवर्तन देखापरिसकेको छ । तर, आज जुन समुहले सम्बन्धित क्षेत्रलाई दिशानिर्देश गर्ने बागडोर सम्हालेका छन् तिनीहरुको मस्तिष्कको विकासका सन्दर्भमा विषयलाई केन्द्रित गर्नु जरुरी छ । आज कार्यपालिकाको योजना तर्जमा तहमा पचास वर्ष कटेकाहरु भएका सन्दर्भमा त्यस्ता मानिसहरुको सामुहिक मस्तिष्कको विकासका सन्दर्भमा कुराहरु केन्द्रित गरौं ।

यहाँनेर थोरै शंकाको निवारण गर्न जरुरी छ । आज देखिएका सञ्चार प्रविधिको प्रयोग, भूमण्डलीकरण, वैदेशिक ‘एक्सपोपजर’, राजनीतिक परिवर्तन आदि कारण त युवा जमात मात्र नभएर एकाध दशक अगाडिका युवा वा आजका कार्यपालिकामा नेतृत्वको भुमिका निभाउँदै गरेकाहरुमा पनि त आमूल परिवर्तन आएको होला नि त, भन्ने प्रश्न उठ्न सक्छ । तर मान्छेका सिक्ने चाहाना उमेरसँगै मर्दै गएको हुन्छ । केही सीमित मानिसहरु, जसले सिक्ने प्रवृतिलाई निरन्तरता दिइरहेका हुन्छन् । ती बाहेक अरुको हकमा नयाँ कुरालाई ग्रहण गर्ने सन्दर्भमा आवरणमा तिनले केही सिकेको जस्तो देखिए पनि मस्तिष्कको गहिराइमा उनीहरु हिजो जस्तो थिए, आज त्यस्तै छन् । त्यसमाथि नेपालको कार्यपालिकाको व्यवस्था कर्मचारीमा सिक्नुपर्छ भन्ने भावनाको प्रतिकुल छ ।

हाम्रो कार्यपालिकामा देखिएका केही समस्याहरुः

१. जनातासँगको दुरी किन ?
ओहदाले दायित्व सँगसँगै शक्ति दिन्छ । शक्तिले अहम्ताको वृद्धि गराउन मद्दत पु¥याउँछ । त्यसमाथि आफ्नो वरिपरि केही मानिसहरु जुनसुकै बेला पनि कुनै न कुनै कामले झुमी रहँदा कर्मचारीहरु धेरै मानिसको आर्कषणको केन्द्र हुन्छन् । त्यसमाथि चिप्लोचाप्लो गर्नेहरुको फुल्याउने व्यवहारले कर्मचारीको अहंम्तालाई अझै  मोटाउन सहयोग पु¥याउछ । अहंमको अर्थ ‘म’ अरु (आम मानिस) भन्दा विशेष हुँ भन्ने भाव हो । अहंमता अरु र स्वयंमा मनोवैज्ञानिक पर्खाल बनाइदिन्छ । जुन पर्खालले आम मानिस र कर्मचारीमा दुरी बढाउने काम गर्छ । कर्मचारीले जब स्वयंलाई जनता भन्दा विशेष ओहदावाल ठान्छ, तब शक्तिमान महशुश गर्छ, हो त्यहीबाट कर्मचारी र जनता बिचको दुरी बढ्छ । ओहदा बढ्दै जादा, शक्ति पनि बढ्दै जान्छ । अनि शक्तिसँगै अहंमको वृद्धि र क्रमशः जनतासँगको दुरी झन् झन् बढ्दै जाने खतरा हुन्छ ।

त्यस्तै, आत्मज्ञान नभएकाहरुका सन्दर्भमा शक्ति एक प्रकारको नुनिलो पानी जस्तै हो जती खायो उती तिर्खा बढ्ने । त्यसैले थोरै शक्ति चाखेकाहरुले शक्तिको विकास र विस्तार गर्ने सन्दर्भमा जनताभन्दा नेताप्रति उत्तरदायी हुने नै हुन्छन् ।

जनतासँगको दुरीका सन्दर्भमा नेताका सिफारिसमा जागिर खाएका हुन कि स्वयं मेहनतले हो भन्ने कुराले केही प्रभाव पर्छ । शक्तिशाली नेताका सम्पर्कमा भएका कर्मचारीहरु अरु कर्मचारीका तुलनामा जनतासँग कम जवाफदेही हुन्छन् ।

कार्यपालिकाका धेरै सदस्यहरु ग्रामीण परिवेशबाट कमजोर आर्थिक हैसियतको पृष्ठभूमिबाट आएका छन् । खान्दानी वा ओहदावालाको छोरा र निम्न वर्गको मानिसको छोरा एकै तहका कर्मचारी भएको अवस्थामा निम्न वर्गको मानिसको छोरामा अहम् अझै  बढी हुनसक्छ । समकक्षी वा दौत्तरीका तुलनामा म निक्कै नै सफल भएँ भन्ने भावले पनि अहम्लाई विस्तार गर्न सहयोग नै पु¥याउँछ ।

२. सिक्न नचाहने प्रवृत्ति र सो अनुकुलको व्यवस्था
हाम्रो मुलुक वैज्ञानिक उपलब्धीका सन्दर्भमा किन पछि परेक छ त भन्दा यसको एउटा कारण छ । हाम्रा अग्रजहरुले शंका होइन विश्वास गर्न सिके । जसले शंका गर्छ, उसले खोज गर्छ । खोज गर्नका लागि नयाँ नयाँ कुरा सिक्नु अपरिहार्य छ । तर, हाम्रो समाजमा केही कथित धर्म गुरुहरु, पुरोहित र पण्डितहरुले धर्मका आडमा आस्था सिकाए । विश्वास सिकाए । हामीले ५ हजार वर्षसम्म विना कुनै आधार भगवान मान्दै आयौं । भूतप्रेतमा विश्वास गर्दै आयौं । हिन्दु धर्मका अनगिन्ती आयामहरु साच्चै वैज्ञानिक छन् । हाम्रा अग्रजले हाम्रो धर्ममा शंका गरेको भए ती वैज्ञानिक रहस्यहरु खोतलिन्थे । तर, तिनले केवल आस्था गरे । विना आधार विश्वास गरे । आफु  हुर्केको समाजले मान्दै आएको धर्ममाथि शंका गर्नेहरुको लहरमा बुद्ध, महवीर, ओशो आदि उभिएका छन् । तर, हाम्रा अग्रजले हाम्रो मुलुकलाई कर्मकाण्डी बनाएका छन् । हामी शंका गर्दैनौ त्यसैले हामीमा सिक्ने क्षमताको कमी छ । त्यसैले हामीले केही नयाँ कुरा ग्रहण गर्न सक्दैनौं । आज कार्यपालिकाको नेतृत्व गर्ने तहका कर्मचारी त्यही पृष्ठभूमीबाट आएकै कारण नेपालका कार्यालयहरु ‘कम्प्यूटराइज्’ हुन नसकेका हुन् । यही कारणले तिनले जनतालाई सेवा दिने सन्दर्भमा प्रविधिको उपयोग गर्न सक्ने चुनौती लिन नसकेका हुन् ।


मान्छेका सिक्ने चाहाना उमेरसँगै मर्दै गएको हुन्छ । केही  सीमित मानिसहरु, जसले सिक्ने प्रवृतिलाई निरन्तरता दिइरहेका हुन्छन् ।

नेपालका सरकारी कर्मचारीले सिक्न नखोज्नुको अर्को कारण पनि छ । त्यसमा कार्यपालिकाको व्यवस्थामै कमजोरी छन् । नेपालको कार्यपालिका पूँजीवादी चरित्रको नभई समाजवादी चरित्रको छ । अर्थात् व्यवस्थागत रुपमा नेपालको कार्यपालिकाले व्यक्तिको व्यक्तित्वको विकासमा जोड नदिई समुहको विकासमा जोड दिन्छ । मेहनती वा अल्छी, प्रतिभावान वा जडवादी, इमानदार वा भ्रष्ट सबै किसिमको कर्मचारीहरुलाई एकै किसिमको व्यवहार गरिन्छ । निश्चित रुपमा क्रमैसँग स्वतः बढुवा हुने हुन्छ । काम गरेकाले पनि नगरेकाले पनि उस्तै सुविधा र तलब मान पाउने गर्छन् जबकि जिन्दगी प्राकृतिक रुपमै प्रतियोगिता हो । आफ्नो क्षमता अनुरुप कोही आगाडि बढ्न सक्छ कोही जहाँको त्यहीँ रहला । कुनै मानिस बढी सक्षम हुन सक्छ, कोही कम हुन सक्छ । तर, कार्यपालिकाको व्यवस्थाका कारण क्षमतावान् व्यक्तिलाई अझै  पैmलिने प्रोत्साहन र अवसर दुवै दिइएको छैन । उदाहरणका लागि प्राइभेट कम्पनीमा निक्कै नै प्रतिभाशाली कर्मचारीले केही वर्षमै प्रमुख कार्यकारिणी अधिकृत बन्ने अवसर पाउँछन् । तर, सरकारी कार्यलयमा प्रतिभा भन्दा पनि रोल क्रमले ज्यादा महत्व राख्दछ ।

त्यस्तै, सरकारी जागिर सुरक्षित हुनुका कारण पनि कर्मचारीहरुले सिक्न चाहदैनन् । स्थायी कर्मचारी जति सुकै अल्छी भएपनि जागिर नखोसिने ग्यारेन्टि हुन्छ । अर्थात उसलाई राज्यले स्थायी रुपमा शक्ति प्रत्यायोजीत गरेको हुन्छ । जहाँ सुरक्षा हुन्छ त्यहाँ फैलावट कम हुन्छ । त्यहाँ विकास कम हुन्छ । पीजडा सुरक्षित छ तर आकास खतरापूर्ण छ । जहाँ सुरक्षा छ, त्यहाँ विकास र विस्तार हुँदैन । तर जहाँ असुरक्षा छ, जहाँ खतरा छ, त्यहाँ विकास छ । त्यहाँ विस्तार छ । आकासमा उडेको चरा र पीजडाका चराको विकास क्रमलाई दाँज्न मिल्दैन । दायित्व पूरा नगरेको सन्दर्भमा व्यक्तिगत कम्पनी र गैरसरकारी संस्थाका कर्मचारीका जागिर कुनै पनि बेला जान सक्छ । कुनै पनि बेला पदच्यूत हुने खतराका कारण त्यस्ता कर्मचारीले दिन रात मिहिनेत गरेका हुन्छन् । आफ्नो विकास गर्ने सन्दर्भमा तिनीहरुले निरन्तर प्रयासरत हुन्छन् । हुन त कार्यपालिकाका सन्दर्भमा केही प्रोत्साहन र केही सजायको व्यवस्था नभएको पनि होइन तर तिनको प्रयोग ठीक ढंगले भएको छैन ।

३. जवाफदेहीतामा कमी किन ?
आफ्नो चाहना अनुरुपको पेशामा आवद्धता हुँदा मानिसमा केही गर्छु भन्ने भावले झक्झकाईरहेको हुन्छ । कसैलाई गायक बन्न मन पर्ला, कसैलाई संगीत श्रृजना गर्न, कसैलाई चिकित्सक, कसैलाई पत्रकार, कसैलाई राजनीति गर्न मन पर्ला । मान्छेमा भएको स्वभाव, गुण, क्षमता वा प्रतिभाका आधारमा मानिसले के पेशा अँगाल्ने भन्ने इन्छालाई स्वरुप प्रदान गर्छ । तर, सरकारी जागिरप्रति आकर्षित हुने सन्दर्भमा यी पेशाका तुलनामा केही फरक छ । अन्य पेशामा लाग्दा निक्कै नै संघर्ष गर्नुपर्ने हुनसक्छ । सफलता वा असफलता के हात लाग्ला निश्चित नहुन सक्छ । अधिकांशका हकमा थोरै आर्थिक र थोरै समाजिक रुपले सुरक्षित हुने अवसर छोप्ने सन्दर्भमा सरकारी जागिरप्रति मानिसहरु आकर्षित भएर आएका हुन्छन् । यसरी सरकारी सेवामा प्रवेश गर्नेहरुमा मानोवैज्ञानिक सन्दर्भमा जोखिम मोल्ने क्षमतामा कमी हुनसक्छ ।


केवल अवसर छोपेर जागिरे हुनेहरुको सन्दर्भमा सँधै उही र उस्तै अनि मन नपरेका काम गर्नुपर्ने बाध्यताका कारण पनि कामप्रति, कार्यालयप्रति र जनताप्रति कम जवाफदेही हुनसक्छन् ।

  
अभावमा हुर्केकाहरु आमनेपालीका सन्दर्भमा आकर्षक तलव र सुविधासहित भविष्यको सुनिश्चितता नै सर्वोपरी हुन्छ । तर त्यस्ता मानिसहरुलाई कामको प्रवृत्ति मन नपर्न पनि सक्छ । तर, काम जतिसुकै मन नपरे पनि अर्को वैकल्पिक व्यवस्थाका सुनिश्चितता नहुँदा तिनले सरकारी कामलाई निरन्तरता दिईरहेका हुनसक्छन् । यसरी केवल अवसर छोपेर जागिरे हुनेहरुको सन्दर्भमा सँधै उही र उस्तै अनि मन नपरेका काम गर्नुपर्ने बाध्यताका कारण पनि कामप्रति, कार्यालयप्रति र जनताप्रति कम जवाफदेही हुनसक्छन् ।

४.भ्रष्टाचार
हामी एउटा संस्कारमा हुर्केका हौं । भाकलको संस्कारमा । सानैदेखि काम, कामना पूरा गरिदिए बापत हामीले नदेखिने भगवानलाई लड्डु, पेडा, नरिवल चढाउँदै आएका छौं । अझै  भाकल स्वरुप जनावरको वली पनि दिने संस्कारबाट आएका छौं । यस्तो संस्कारमा हुर्केका हामी, जहाँ केही रुपैयाँमा भगवानको इमानलाई लिलाम गरिदिन्छौं भने, हाम्रो मुलुकका जनता र कर्मचारी दुबैले घुस नखाने कुरै भएन । यसले भ्रष्टाचारलाई बढावा दिएको त छ नै तर, हामीलाई कर्मवादी भन्दा भाग्यवादी बनाएको छ । हामी कर्मद्वारा गरिने परिवर्तन भन्दा अरुको आशिर्वादमा विश्वास गर्ने भएका छौं ।

भ्रष्टाचारका सन्दर्भमा अर्को कुरा पनि छ । यो मुलुक गरिब छ । त्यही गरिबीको पृष्ठभूमिबाट आएका कर्मचारीहरुले आर्थिक रुपमा आफ्नो परिवारलाई सुरक्षित गर्ने प्रयासका कारण पनि भ्रष्टाचार भइरहेको हो । यो सन्दर्भमा केही हदसम्म भ्रष्टाचार गर्नेहरु क्षमायोग्य पनि हुनसक्छन् । एउटा हलमा २० जना भोकाएका मानिस छन् र तिनलाई केवल १० थाल मात्र खानेकुरा दिए भने तिनले खानका लागि लुछाचुँडी गर्ने सन्दर्भमा प्रतिस्पर्धा गर्नेछन् । जुन स्वभाविक पनि हो । गरिव मुलुकमा देखिएको भ्रष्टाचार प्रवृत्तिगत रुपमा अपर्याप्त आम्दानीका कारण भईरहेको हो । तर केही मानिसमा धन प्रयाप्त हुँदाहुँदा पनि लालसा पलाएछ भने चाँहि तिनीहरु क्षमायोग्य हुदैनन् । मह काढ्नेले हात पनि चाट्ला तर विभिन्न किसिमको दायित्व पूरा गर्ने सन्दर्भमा चुकेका अल्छी कार्मचारीले भ्रष्टाचार गर्ने प्रतिस्पर्धामा अगाडि देखिनु चाहिँ बिडम्बनाकै कुरा हो ।

सुधार
कुनैपनि संस्थामा देखिएका समस्या निराकरण गर्ने सम्बन्धमा सबैभन्दा पहिले परिवर्तन गरिनुपर्ने चिज भनेको त्यहाँ कार्यरत कर्मचारीको सोचमा परिवर्तन ल्याउनुु हो । व्यक्तिगत रुपमा मस्तिष्कको रुपान्तरणकालागि, मस्तिष्कलाई तनावमुक्त बनाउने सन्दर्भमा, लालसामुक्त बनाउने सन्दर्भमा, कमी कमजोरी विहीन बनाउने सन्दर्भमा त व्यक्तिगत रुपमै स्वेच्छाले ध्यान गर्नु निक्कै नै उपयुक्त हुन्छ । तर, राज्यले योजना बनाउने सन्दर्भमा भने कार्यपालिकाको व्यवस्थापनलाई पूँजिवादी चरित्रको बनाउनु जरुरी छ । निजी कम्पनीहरुमा जस्तै समूहभन्दा व्यक्तिगत रुपमै उत्साह भरिदिने परिपाटीको थालनी गर्नुपर्छ ।

प्रवृत्तिगत रुपमा मान्छेको चरित्र मैनवत्तीको जस्तै हो । आफु सकिँदै गएर आफु वरिपरीका केही सिमित स्थानसम्म उज्यालो दिने । मैन जस्तै अधिकांश मानिसले गर्ने मेहनत केही सिमित व्यक्तिका लागि हो । आफ्नो र परिवारको विकास र सुरक्षाका लागि मानिसले मरिहत्ते गर्दछन् । यसलाई समग्र समाजको त्यति चासो हुँदैन । तसर्थ मानिसको यही चरित्रलाई सम्वोधन गर्ने हो भने कामका सन्दर्भमा मानिसलाई निक्कै नै उत्साहित बनाउन सकिन्छ । आजको कार्यपालिकाको प्रणाली लाइनमा कुदाइएका गाडीहरु जस्तो हो । दु्रत गतिमा गाडी कुदाउन सक्नेकालागि पनि अगाडिका गाडीहरुको लस्करका कारण अगाडि बढ्न मुस्किल हुन्छ । उत्कृट परिणामका सन्दर्भमा हुनुपर्ने के हो भने, सबै गाडीका लागि छुट्टाछुट्टै लेनको व्यवस्था हुनु जरुरी छ ताकी द्रूत गाडी कुदाउनेहरु धेरै अगाडि पुगुन् । यसरी सबै कर्मचारीहरुको क्षमता अनुकुलको काम निकाल्न सक्ने हो भने कार्यपालिकाले फड्को मार्न सक्छ ।

समाजिक परिवर्तनले सामुहिक सोचलाई परिवर्तन गरिदिन्छ । आमजनताका पनि कानुनी रुपमा अधिकार सम्पन्न हुँदै जानु, आयश्रोत बढ्दै जानु र सामाजिक रुपमा हैसियत बढ्दै जाँदा सिङ्गै नेपालीको सामुहिक सोचमा परिवर्तन आउनेछ । राज्यको सामुहिक सोचमा आएको परिवर्तनका कारण सरकारी कर्मचारीले आम जनताका सन्दर्भमा गरिने व्यवहारमा स्वतः परिवर्तन हुँदै आउनेछ । त्यसै कारणले हाम्रो कार्यपालिका र जनताका दुरीका सन्दर्भमा मुलुकमा आएको राजनीतिक, समाजिक र आर्थिक परिवर्तनहरुले प्रभाव पार्दै लानेछन् । विकास, उद्योग, उत्पादन आदि क्षेत्रमा सरकारी लगानीको तुलनामा निजी लगानी बढ्दै गएको सन्दर्भमा आम जनताका जीवनमा सुधार आएको परिवेशमा सरकारी कार्मचारीले जनताप्रति गर्ने व्यवहारमा स्वतः आमूल परिवर्तन आउने छ । तर यहाँनेर हामीले समयक्रममा स्वभाविक हुने समाजिक परिवर्तनलाई केही प्रयास गर्दा परिवर्तले अझ गति लिन सक्ने भएको सन्दर्भमा यस दिशामा आम जनताका मानोविज्ञान बुझेकाहरुको सहयोगमा राज्य स्तरबाटै आमसञ्चारका माध्यमद्वारा केही चेतना जगाउन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस