१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकी निर्वाचनमा रसियाको हस्तक्षेप भएको समाचार आधारहीन

अ+ अ-

मस्को(एजेन्सी) । रसियाली प्रशासनिक केन्द्र क्रेमलिनले वासिङ्टन पोस्टमा छापिएको अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रसियाको हस्तक्षेप रहेको भन्ने अमेरिकी गुप्चतर संस्था सीआईएको रिपोर्ट निराधार आरोपमात्रै भएको जनाएको छ ।

निर्वाचनका विषयमा रसियालाई जोडेर गरेको एउटै पनि आरोप विल्कुलै आधारहीन भएको र यसलाई प्रमाणित गरेर देखाउन क्रेमलिन प्रवक्ता डिमित्री पेस्कोभले सञ्चारकर्मीसँग आग्रह गरे ।

“यी सबै आरोप विल्कुल निराधार, अनुचित र अव्यवसायिक रहेकाले यसको वास्तविक अर्थमा कुनै तुक छैन,” पेस्कोभले भने ।

गतहप्ता वासिङटन पोस्टमा प्रकाशित एक समाचारमा सन् २०१६ मा रसियाले साइबर आक्रमणद्वारा अमेरिकी निर्वाचन प्रभावित तुल्याउने र रिपब्लिकन नेता डोनाल्ड ट्रम्पको पक्षमा माहोल खडा गरेको भन्ने भावसहित सीआईएको रिपोर्टलाई सार्वजनिक गरिएको थियो ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाको निर्देशन र अमेरिकी कँग्रेसको मागअनुसार सीआईएको प्रतिवेदन बाहिर ल्याइएको र यसमा सन् २०१६ को निर्वाचन समयमा भएका साइबर अपराधसम्बन्धी घटना र अमेरिकी निर्वाचनमा रसियाली हस्तक्षेपका बारेमा जनाइएको छ ।

नवनिर्वाचित राष्ट्रपति ट्रम्प र उनको दलले यसको खण्डन गरिसकेको छ । रिपब्लिकन पार्टीका नेसनल कमिटीका प्रवक्ता सिन स्पाइसरले गुप्तचर संस्थाबाट आएको सूचना ‘गलत’ भएको भनी प्रतिवेदनको खण्डन गरेका छन् ।

त्यसैगरी ट्रम्पले पनि सूचनालाई ‘प्रतिशोधपूर्ण’ भन्दै ट्वीटमार्फट खण्डन गरेका थिए ।

गत जुलाईमा हिलारी क्लिन्टनको निर्वाचन अभियानले डेमोक्रेटिक नेसनल कमिटीबाट लज्जास्पद इमेल चुहावटबारे कुरा उठाएपछि क्रेमलिन अमेरिकी राजनीतिमा प्रवेश गरेको थियो ।

रसियाली राष्ट्रपतिले अमेरिकी निर्वाचनमा रसियाको हात रहेको भनी आएका समाचारलाई अमेरिकी मतदाताको ध्यानलाई स्थानीय मुद्दालाई विषयान्तर गर्ने प्रयास भनी आरोपको गत अक्टोबरमा नै खण्डन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस