१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य संस्थामा औषधि नहुँदा बिरामी मर्कामा

अ+ अ-

कञ्चनपुर । औषधि आपूर्तिमा ढिलाइ नहुँदा कञ्चनपुरका स्वास्थ्य चौकी र अस्पतालमा औषधिको चरम अभाव भएको छ । स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध हुने औषधिको दुई महिनादेखि अभाव भएको हो ।

औषधि अभाव भएपछि स्वास्थ्यकर्मीले उपचारका लागि पुगेका बिरामीलाई रित्तो हात फर्काउन थालेका छन् । खरिद प्रक्रिया रोकिँदा आपूर्तिमा समस्या हुँदा जिल्लाभरि नै औषधिको अभाव भएको जनस्वास्थ्य कार्यालय कञ्चनपुरका स्टोरकिपर पदमराज जोशीले बताउनुभयो । “सिटामोल, मेट्रो, डाइजिन, बी कम्प्लेक्स, लगायतका अत्यावश्यक औषधिको समेत स्टोरमै अभाव छ”, उहाँले भन्नुभयो ।

उपचारका लागि पिपलाडी स्वास्थ्य चौकी पुगेकी रामकली रानाले ज्वरोको औषधि सिटामोलसमेत नपाउँदा बाह्य क्षेत्रबाट खरिद गर्न स्वास्थ्यकर्मीले पर्चामा लेखेर पठाएको बताउनुभयो ।

स्वास्थ्य चौकीका प्रमुख तीर्थराज भट्टले स्वास्थ्य चौकीलाई निःशुल्क उपलब्ध हुने ३६ प्रकारका औषधिमध्ये चार/पाँच प्रकारका औषधि मात्रै उपलब्ध रहेको बताउनुभयो । “औषधि उपलब्ध नहुँदा उपचारका लागि पुग्ने बिरामीलाई औषधि खरिदका लागि बाह्य क्षेत्रमा पठाउनु बाध्यता भएको छ”, उहाँले भन्नु भयो”, “औषधि नहुँदा बिरामीसमेत घटेका छन ।”

जिल्ला तहबाटै औषधि खरिदका लागि रु ४८ लाखमा टेन्डर आह्वान गरी घटाघटीमा रु २२ लाखमा टेन्डर स्वीकृत भएकाले दश/पन्ध्र दिनभित्रै ४० प्रकारका औषधि स्वास्थ्य संस्थामा आपूर्तिको व्यवस्था मिलाउन लागेको जनस्वास्थ्य कार्यालय कञ्चनपुरका वरिष्ठ जनस्वास्थ्य प्रशासक शिवदत्त भट्टले बताउनुभयो । केन्द्र र क्षेत्रीय स्वास्थ्य निर्देशनालयबाट औषधि आपूर्ति नभएपछि जिल्लाबाटै औषधिको आपूर्ति गरिन लागेको उहाँको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस