७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जुडो खेलका स्वर्ण पदकधारी सुनिताको सङ्घर्षको कथा

अ+ अ-

विराटनगर । सुनिता बोहराको एउटै धेय छ, ज्यानले साथ दिँदासम्म जुडो खेल्ने । त्यसमा घरपरिवारको साथ र सहयोग आवश्यक छ । म्याचमा उत्रेपछि उहाँको लक्ष्य स्वर्ण पदक चुम्ने मात्र हुन्छ । अहिलेसम्म खेलपिच्छे प्राय स्वर्ण पदकमा कब्जा पनि जमाएकी नै छन् ।

पाँचौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा रजत पदकमा चित्त बुझाए पनि त्यसपछिको छैटौं र सातौँ राष्ट्रिय खेलमा सुनिताले लगातार स्वर्ण पदक जित्दै आएकी छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका– १८ भगतपुरका उहाँले स्वर्ण पदक सहजै जितेकी भने होइन् ।

कञ्चनपुरकै पहिलो जुडो खेलाडी सुनिताले जुडो खेल्न थालेको ६ वर्षमा पाँच स्वर्ण र एउटा रजत पदक जितिसकेकी छन् ।

जुडो खेलेदेखि उनले त्यसमा प्रशिक्षण पनि दिँदै आएकी छन् । “म आफै प्रशिक्षक आफैँ खेलाडी हूँ,” स्वर्ण पदक जितेपछि झापाको धुलाबारीमा उनले भनिन् । “प्रतियोगितामा जति खेलाडीसँग भिडेँ साँझ बिहान घरमा उनीहरुकै सिको गरेर जुडोको अभ्यास गर्ने गरेको थिएँ ” उनले भनिन् । सुनिताले २०६५ सालदेखि आफैंले आफूलाई प्रशिक्षित पार्दै आएकी छन् ।

त्यतिबेला जुडोको एक्लो खेलाडीका रुपमा रहेका उनले अहिले १० खेलाडी तयार पारिसकेकी छन् । विसं २०६८ फागुनमा सुदूरपश्चिममा आयोजना गरिएको छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुनितासँगै आशिश ओझाले कञ्चनपुरबाट सहभागिता जनाएका थिए । प्रतियोगितामा दुबैजनाले स्वर्ण पदक जितेका थिए । अहिले पूर्वाञ्चलमा सातौँ राष्ट्रिय प्रतियोगितामा उनले उत्पादन गरेका सात खेलाडी छन् ।

सुरुवातमा सुनिता कराँते खेल्थिन् । चार कक्षा पढ्दादेखि उनी कराँतेमा होमिएकी थिइन् । तर पाँचौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कराँतेको क्षेत्रीय छनोट प्रतियोगिताबाटै बाहिरिएपछि उनको मन कुँडियो । सँगैका साथि राष्ट्रिय प्रतियोगिताको तयारीमा जुटिन् । तर सुनिता पीडा खप्न नसकेर घरमै बसिन् ।

“निराश भएर घरमै बसेकी थिएँ, एकजना साथीले जुडोको छनोटका लागि भाग लिन सल्लाह दिइन्” उनले विगत सम्झिदै भनिन् “नाम मात्र सुनेको खेलको छनोटमा कसरी सहभागी हुने, सम्झिनै सकिन, तर साथीको करकापले छनोटमा सहभागी भएँ ।”

तेक्वान्दो खेलाडी निर्मला चौधरीले ख्याल ख्यालमै दिएको सल्लाहकै कारण सुनिता अहिले जुडो खेलाडीको रुपमा स्थापित भइसकेकी छन् । निर्मलाले सुनितालाई कञ्चनपुरको खुल्लामञ्चमा जुडोका प्रशिक्षक हरि श्रेष्ठलाई भेटाइदिइन् । यो पाँचौं राष्ट्रिय प्रतियोगिता सुरु हुन १० दिन अघिको कुरा थियो । बाँकेका जुडो प्रशिक्षक श्रेष्ठ खेलाडीको खोजी गर्दै कैलालीको धनगढी हुँदै भीमदत्तनगरसम्म पुगेका थिए ।

कम तौलका खेलाडी भेटाए पनि बढी तौलका खेलाडीको अभाव थियो जुडोमा । ८५ किलो तौलको हाराहारी भएकै कारण प्रशिक्षक श्रेष्ठले सुनितालाई जुडो खेल्न कर गरे ।

अनि उनले सुनितालाई सोझै धनगढी लगेर जुडो सिकाउन थाल्दा पाँचौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा काठमाडौँमा भिड्ने पक्कापक्की भयो । उक्त तौल समूहमा उनी सुदूरपश्चिमको एक्लो खेलाडी हो । सो क्षेत्रमा उनको प्रतिस्पर्धी कोही पनि भेटिएनन् ।

“आफ्नो तौल बढी हुनु नै मेरा लागि अवसर बन्यो,” उनले भनिन् “दुई दिनसम्म जुडो खेलबारे बुझ्नै समय लाग्यो । बाँकी आठ दिनको अभ्यासका भरमा प्रतिस्पर्धाका लागि काठमाँडौँतर्फ लागेँ र सो प्रतियोगितामा रजत पदक जित्न सकँ । त्यसयता हरेक प्रतियोगितामा स्वर्ण पदक जित्दै आएकी छु । ”

“पदकले हौसला बढायो, खेल्न उत्साहित बनायो,” विगत सम्झिदै सुनिताले भनिन्, “पाँच वर्षअघि सुदूरपश्चिममै सम्पन्न छैठौँ राष्ट्रिय प्रतियोगितामा मैले स्वर्ण पदक पाएँ । यसपाली सातौँमा समेत स्वर्ण पदकमा कब्जा जमाउनु सकेँ । छैटौँलगत्तै काठमाडौँमा सातौं दक्षिण एसियाली जुडो च्याम्पियनशिपमा समेत स्वर्ण पदक जितेको थिएँ ।”

कञ्चनपुरको खुल्लामञ्चमा अभ्यासमा जाँदा उनी जुडोको एक्लो खेलाडी । त्यसैले सुनिताले अधिकांश समय कराँते खेलाडीसँगै अभ्यास गर्दै आइन् । “अभ्यासै नगर्दा खेल्न नसकिएला भन्ने डर,” उनले भनिन् “कराँतेकै अभ्यासका भरमा नै मैले २०६८ सालमा छैठौँ राष्ट्रिय प्रतियोगितामा जुडोमा ७८ किलोमाथिको तौलमा स्वर्ण पदक पाएँ ।

जुडोले उनको मन लोभ्याएको छ । घरपरिवारको साथ र सहयोग पाउँदासम्म स्वर्ण पदकका लागि खेलिरहने सुनिताले प्रतिज्ञा गरेकी छन् । प्रशिक्षणबिना नै कुनै खेलाडीले जुनसुकै खेलमा पनि स्वर्ण पदक चुम्नु चानचुने कुरा होइन् । त्यो पनि पाँच-पाँच पटक । अझ विभागीय खलाडीको दबदबा रहेको स्थितिमा मोफसलका खेलाडीले स्वर्ण पदक जित्नु दुर्लभ नै मानिन्छ । तर २३ वर्षीया सुनिताले भने उक्त चमत्कार देखाउँदै आएकी छन् ।

पाँच वर्षअघि काठमाडौँमा सम्पन्न सातौं दक्षिण एसियाली जुडो च्याम्पियनशिपमा सुनिताले ७८ किलोमाथिको तौलमा स्वर्ण पदक जितिन् । उनले उक्त खेलमा श्रीलङ्काका खेलाडी दमयन्ती हेवा हम्बेपितियालाई इपोन (नकआउट) गरिन् । ‘वेस्ट अफ थ्री’ मा सुनिताले दुई पटक विपक्षी खेलाडीलाई नकआउट गरिन् । चार मिनेटको खेलमा उनले एक मिनेट ३६ सेकेन्डमै खेल आफ्नो पक्षमा पारिन् ।

सात वर्षको उमेर हुँदा कराँते खेल्न थालेकी सुनिताले कराँतेमा ‘सेकेन्ड डन’ बेल्ट पाएकी थिइन् । तर उनी सन्तुष्ट हुन सकिनन् । “बेल्ट पाउनु उपलब्धि होइन रहेछ, पदक जित्नु ठूलो कुरा हो,” उनले भनिन् “नेपालमा खेलाडीलाई आत्मसन्तुष्टी दिलाउने भनेकै पदकले हो, अरु यहाँ के नै पो छ र ।” राम्रो खेलकै कारण नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्दै आएको ‘पल्सर स्पोर्ट्स अवार्ड २०७०’ अन्तर्गत उत्कृष्ट महिला खेलाडी विधाको मनोनयनमा पर्नुको साथै उक्त विधाको पुरस्कारसमेत सुनिताले पाएकी थिइन् ।

सुदूरपश्चिममा जुडो धनगढी र भीमदत्त नगरमा मात्र खेलिन्छ । तर त्यहाँ पनि प्रशिक्षक भने छैनन् । आफै गुरु, आफै चेला बनेर सुदूरको जुडो खेलअघि बढेको अवस्था छ । “अहिलेसम्म प्रशिक्षणबिना नै प्रतियोगितामा भाग लिँदै आएकी छु,” उनले भनिन् । लामो समयसम्म भीमदत्त नगरमा जुडोको एक्लो खेलाडी हुनुपर्दाको सुनितालाई मनमा आँधी पीडा थियो । तर अहिले उहाँले अरुलाई समेत जुडोमा आकर्षित गरिसकेकी छन् ।

“मैले पाएको स्वर्ण पदकको लोभ देखाएरै जुडो खेल्न अरुलाई हाँस्याउने गरेको छु” उनले भनिन् । मोटो शरीरकी सुनिता सानै छँदा बिरामी भइरहन्थिन् । बुबा जङ्गलाल र आमा कलावतीले कर गरेरै एक्ली छोरीलाई खेल्न प्रेरणा दिइन्। उनका छिमेकी देवीका सिँह कराँते खेल्नुहुन्थ्यो । देवीकालाई देखेरै सुनिताका बा आमाले स्वास्थ्य ठीक राख्न बलजफ्ती उनलाई कराँते सिक्न कभर्डहल पठाउनुभएको हो, खेलप्रतिको मोहले भने होइन् ।

प्रतिक्रिया दिनुहोस