१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशभरका ४३ अस्पतालबाट निःशुल्क डायलाइसिस सेवा

अ+ अ-

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले मिर्गौला रोगीका लागि निःशुल्क गरेको डायलाइसिस सेवा थप ११ अस्पताललाई प्रदान गर्न अनुमति दिएको छ ।

सेवाग्राहीको सहजताका लागि सरकारले वीरेन्द्र सैनिक अस्पताल र १० निजी अस्पतालसहित ११ वटा स्वास्थ्य संस्थालाई सो सेवा प्रदान गर्न अनुमति दिएको हो । यो अनुमतिसंगै मुलुकभरका ४३ अस्पतालवाट निःशुल्क डायलाइसिस सेवा उपलब्ध हुनेछ ।

अहिले मानव अङ्ग प्रत्यारोपण केन्द्र, मिर्गौला केन्द्र र चार वटा अञ्चल अस्पतालसहित ३२ अस्पतालमा सरकारले निःशुल्क डायलाइसिसको व्यवस्था गरेको छ ।

अनुमति प्राप्त गर्नेमा उपत्यकाका वीरेन्द्र सैनिक अस्पताल, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, अल्का अस्पताल, सुमेरु अस्पताल, हिमाल अस्पताल, बयोधा अस्पताल रहेका छन् भने उपत्यका बाहिर रुपन्देहीको गौतमबुद्ध सामुदायिक अस्पताल, सिद्धार्थ सिटी अस्पताल, क्रियसन अस्पताल, पोखराको चरक मेमोरियल अस्पताल र विराटनगरको नेपाल स्वास्थ्य विकास अनुसन्धान संस्था रहेको चिकित्सा व्यवस्थापन महाशाखाका उपसचिव रामकृष्ण लामिछानेले जानकारी दिनुभयो ।

अहिले मानव अङ्ग प्रत्यारोपण केन्द्र, मिर्गौला केन्द्र र चार वटा अञ्चल अस्पतालसहित ३२ अस्पतालमा सरकारले निःशुल्क डायलाइसिसको व्यवस्था गरेको छ । डायलाइसिस गरे वापत सरकारले सो रकम त्यस्ता स्वास्थ्य संस्थालाई उपलब्ध गराउने व्यवस्था रहेको उपसचिव लामिछानेले बताउनुभयो ।

सेवाग्राहीको सहजताका लागि सरकारले वीरेन्द्र सैनिक अस्पताल र १० निजी अस्पतालसहित ११ वटा स्वास्थ्य संस्थालाई सो सेवा प्रदान गर्न अनुमति दिएको हो ।

उहाँले बाँकी सबै अञ्चल अस्पतालमा पनि सरकारले निःशुल्क डायलाइसिस सेवा सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाएको छ, लामिछाने भन्नुभयो – दुईवटा डायलाइसिस मेसिन किनेर सेवा सुरु गर्न सरकारले प्रत्येक अञ्चल अस्पताललाई आवश्यक रकम उपलब्ध गराइसकेको छ । यतिखेर सेती अञ्चल अस्पतालसहित केही अस्पतालमा सेवा सुरु भइसकेको स्वास्थ्यमन्त्री गगन थापाका सल्लाहकार प्रताप पौडेलले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस