७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिला कृषि भवन निर्माणमा सहयोग

अ+ अ-

मेलम्ची । राजधानी काठमाडौँबाट करिब ३७ किलोमिटर र मेलम्ची बजारबाट २५ किलोमिटरको सडक पार गर्दै शनिबार भारतीय राजदूत सिन्धुपाल्चोक जिल्लाको उच्च हिमाली गाविस बरुवा पुग्नुभयो ।

साँखुबाट बरुवासम्म पुग्दा निकै नै कष्टकर यात्रा छिचोल्दै बरुवा साफ महिला कृषि भवनको शिलान्यास कार्यक्रममा पुग्नुभएका राजदूत रायले जिल्लाको विकासमा भारत सदैव सहयोग गर्न तत्पर रहेको बताउनु भयो ।

भूकम्पबाट अतिप्रभावित नेपालको गोरखा र नुवाकोटमा बस्नका लागि आवास निर्माण गरिदिएको बताउँदै सिन्धुपाल्चोकमा पनि राहत वितरण कार्यमा संलग्न भएको जानकारी गराउनुभयो ।

राजदूत रायले भवनको शिलान्यासपश्चात् एक बालकले शिक्षा आर्जन गर्दा एक व्यक्तिले मात्र बुझ्ने तर एउटा महिला शिक्षित हुँदा पूरा परिवार नै शिक्षित हुने उदाहरण दिँदै भारत सरकारबाट नेपालको विकासका लागि आएका कार्यक्रममध्ये सबैभन्दा बढी शिक्षा र स्वास्थ्यमा प्राथमिकता दिने बताउनुभयो ।

सडकको दुरवस्थाले यस गाउँसम्म आइपुग्नका लागि आफूले गरेको कष्टकर यात्राका बारेमा बताउँदै उहाँले बरुवा गाउँ व्यवस्थित सडकसँग जोडिन नसकेकोमा दुःख पोख्नुभयो ।

सडकका कारणले यस क्षेत्रसम्म ल्याउने विभिन्न वस्तुको महँगो मूल्य तिर्नुपर्ने बाध्यता रहेको र सडकको स्तरोन्नतिका लागि नेपाल सरकारलाई समेत ध्यानाकर्षण गर्ने बताउनुभयो ।

सडकको विकास नभएसम्म अन्य विधामा विकास नहुने हुँदा सडक निर्माणमा भारतले विभिन्न सडकको स्तरोन्नतिका लागि सहयोग गर्दै आइरहेको र आफूले पनि मेलम्ची–बरुवा सडकखण्ड निर्माणका लागि भारत सरकारको लिस्टमा नाम चढाउन अपिल गर्ने जानकारी दिनुभयो ।

साउथ एसिया फाउन्डेसन, भारतीय राजदूतावास र जोनता क्लब काठमाडौँको सहयोगमा बहुउद्देश्यीय प्रशिक्षण सहकारी भवन निर्माण हुन लागेको हो ।

नेपालमा भारत सरकारबाट शिक्षा तथा स्वास्थ्य क्षेत्रमा विभिन्न साना परियोजना आइरहेको र भारत सरकारको सहयोगमा निकै ठूलो सेवा दिने हिसाबमा धरानमा बृहत् बिपी कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्स निर्माण गरिएको र राजधानी काठमाडाँैमा ट्रमा सेन्टरसमेत बनाएकोमा भूकम्पमा घाइते भएकाका लागि निकै उपयोगी भएकोे रायले जानकारी दिनुभयो ।

बरुवा गाविसका लागि स्वास्थ्य, शिक्षा, सडक, खानेपानीजस्ता विकासका पूर्वाधारमा राम्रो विकास नभएकाले यस किसिमको पूर्वाधार विकास भारत सरकारको प्रमुख प्राथमिकतामा रहेको राजदूत रायले बताउनुभयो ।

साउथ एसियन फाउन्डेसनका महासचिव राहुल बरुवाले भवन निर्माणका लागि आफूहरुले सहयोग गर्ने बताउँदै निर्माणको अन्तिम चरणसम्म आर्थिक समस्या हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । भवन निर्माणका लागि अस्ट्रेलियाली महिलाले १० हजार डलर सहयोग गरेको र भारतले एउटा बोलेरो जिप सहयोग गरेको उक्त सहकारीका अध्यक्ष शोभा योञ्जनले बताउनुभयो ।

सहकारीलाई रु २० लाख बराबरको साबुन बनाउने मेसिन जोनता क्लब, काठमाडौँले उपलब्ध गराइसकेको क्लबका अध्यक्ष मीरा ज्योतिले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस