१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साच्चैको कलाकार पनि हुँ र म सक्षम पनि छु ।

अ+ अ-

यही माघ ७, ८ र ९ गते हेटौडामा हुने भनिएको कांग्रेस निकट मानिने नेपाल सांस्कृतिक संघको दोस्रो अधिवेशन २१, २२ र २३ गते काठमाडौंमै हुने भएको छ । भातृ संस्थाहरु महिला संघ र नेविसंघको चुनावी प्रतिष्पर्धाबाट र तरुण दलमा सर्व सम्मतिबाट अध्यक्ष चुनिएको अवस्थामा सुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघको अधिवेशमा चुनाव हुन्छ या सर्वसम्मत चयन गरिन्छ भन्ने गाइँगुइँ चलिरहँदा नेपाल सांस्कृतिक संघकी सहमहामन्त्री तथा अध्यक्षकी प्रत्यासी सुष्मा कार्कीसंग छोटो कुराकानी गरेका थियौं । प्रस्तुत छ कुराकानीको छोटो अंशः

नेपाल साँस्कृतिक संघको चुनाव नजिकिदै छ ? के कसरी हुँदैछ तयारी ?
यही माघको ७, ८, ९ गते हुने भनिएको अधिवेशन सरेर २१,२२ र २३ गते हुँदैछ । सबै जना आ–आफ्नो चुनावी तयारीमा लागेका छन् ।

तपाई पनि प्रत्यासी हुनुहुन्छ ? के छन् तपाइँका योजना ?
यो नेपाल साँस्कृतिक संघ साच्चैको कलाकारको संघ भएको र म पनि कलाकार भएको हिसावले यो संस्थामा म अध्यक्षमा आएँ भने यसलाई व्यवस्थित तरिकाले सिष्टममा लैजान सक्छु भन्ने सोच र आँटका साथ म अध्यक्षमा आफ्नो उम्मेदवारी दिने तयारीमा छु ।

तपाईका एजेण्डाहरु के हुन् त ?
अहिले साँस्कृतिक संघ लावारिस जस्तो भएको छ । एउटा कार्यालयसम्म छैन । त्यसैले सबैभन्दा पहिला त कार्यालय नै स्थापना गर्नुपर्छ । देशभरी छरिएका लोकतान्त्रिक कलाकारहरुलाई जो काँग्रेसमा आस्था राखेर बसेका छन् तिनीहरु सबैलाई समेटेर यसमा ल्याउनु प¥यो । चाँडै स्थानीय तहको चुनाव हुँदैछ, पार्टीलाई चुनावमा कसरी सहयोग गर्न सकिन्छ भन्ने योजना पनि बनाउने लगाएत कलाकारका हक, हित सम्बन्धि धेरै कामहरु गर्नुपर्ने छ, मेरो प्राथमिकता त्यसमा हुनेछ ।

चुनावी प्रतिस्पर्धा भन्दा पनि ठूला नेताहरुको चाहनामा पदाधिकारी चयन गर्ने परम्परा छ नि, सर्वसम्मतिबाट छानिन्छ कि चुनाव हुन्छ ?
चुनावी प्रक्रियामा जाँदा हार जितलाई जसले पनि स्वीकार्नुपर्छ । केहीले चुनाव गर्नुपर्छ भन्नुभएको छ भने केही नेताले सर्वसम्मतिमा जानुपर्छ भन्ने कुरा गर्दै हुनुहुन्छ । साच्चैको कलाकार पनि हुँ र म सक्षम पनि छु । त्यसैले चुनावी प्रतिस्पर्धामा जाँदा पनि मेरो पक्षमा कलाकारदेखि नेतृत्वतहसम्म सबैसँग राम्रै छ र सहमतिमा नै जाने हो भने पनि अहिले हरेक क्षेत्रमा महिलाहरु नेतृत्वमा आइरहेको परिवेशमा सांस्कृतिक संघमा शुरु देखि अहिलेसम्म मैले निरन्तर काम गर्दै आएकोले त्यो अवसर पाउनु पर्छ भन्ने हो । तर मेरो जोड, चुनावमै हुन्छ ।

चुनावी प्रतिष्पर्धामा गयो भने जित्छु भन्ने कत्तिको विश्वास छ ?
सतप्रतिशत जित्छु भन्ने विश्वास छ, किनभने चुनाव जित्नकालागि एउटा सफा छवी चाहिन्छ । त्यो म मा छ । कलाकारको संस्था भएकोले गर्दा कलाकार हुन जरुरी छ । म नायिका पनि हँु, गायिका पनि हुँ । सबैभन्दा महत्वपूर्ण कुरा त आत्मविश्वास नै हो । महिलाहरुले पनि नेतृत्व सम्हाल्न सक्छन् भन्ने एउटा क्षमता देखाउनको लागि पनि म अगाडि बढेकी हुँ । सर्वसम्मतिबाट टीका लगाएर लिनु भन्दा चुनाव जितेर आउन मलाई मन लागिरहेको छ ।

नेपाल सांस्कृतिक संघभित्र सुधार गर्नुपर्ने आन्तरिक पक्षहरु चाहिं के के छन् र त्यसलाई कसरी समाधान गर्ने ?
साँस्कृतिक संघ भित्र सबै कुराको परिवर्तन चाहिएको छ । केही नै छैन । किनभने साँस्कृतिक संघ भन्ने एउटा नाम मात्र छ । एउटा वोर्ड पनि छैन अहिले त । झोलामा कार्यालय छ भन्दापनि हुन्छ । जहाँ चिया पिएर गफ ग¥यो त्यही कार्यालय भइरहेको छ ।

त्यसैले सांस्कृतिक संघलाई व्यवस्थित तवरले विधिविधान ढंगबाट अगाडि बढाउन जरुरी छ । त्यसैको लागि नै हामी लागिरहेका छौ । स्थापनाकालदेखि तीर्थ थापाजी अध्यक्ष हुनुहुन्छ । १०/१२ वर्ष देखि निरन्तर उहाँ नै हुनुहुन्छ र उहाँ नै फेरि अहिले चुनावमा उठ्न खोजिरहनु भएको छ । त्यो चाहिं गलत हो भन्छु मैले, किनभने एउटै मान्छेले १५÷२० बर्ष बस्यो भने अरुले के गर्ने ? राम्रो नेतृत्व हुँदैमा सधै एउटै व्यक्ति बस्नुपर्छ भन्नेपनि त छैन नि ।

एउटा कार्यकालमा आफुसँग जे दिन सकिन्छ, जे क्षमता छ त्यो दिने हो । त्यसपछि अर्कोलाई हस्तान्तरण गर्ने हो । त्यो भन्दा राम्रो पनि त गर्न सक्छ नि । तर एउटै मान्छे निरन्तर भइरहनु पर्छ भन्ने तानाशाह प्रवृति हटाउनु पर्छ । संगठनको विकासको लागि र लोकतान्त्रिक प्रक्रियाका लागि चुनाव हुनुपर्छ र नेतृत्व परिवर्तन भइरहनु पर्छ भन्ने मान्यता राख्छु मैले ।

अन्तमा, संघका सदस्य तथा नेतृत्व वर्गलाई के भन्न चाहनुहुन्छ ?
पार्टी सभापति ज्यू र मुख्य मुख्य नेताहरुले साँस्कृतिक संघलाई साच्चिकै साँस्कृतिक संघ बनाउनलाई सहयोग गर्नुप¥यो । हुन त कलाकारहरु राष्ट्रका गहना हुन् यि कसैका व्यक्तिगत हुँदैनन्, सबैका हुन्छन् तर पार्टीको झण्डामुनी उभिएर लागि सकेपछि उहाँहरुको हकहितको लागि पनि त पार्टीले सोच्नुपर्छ । यसलाई लोकतान्त्रिक तवरले बिधिसम्मत लैजानको लागि र प्रतिस्पर्धी ढंगले अगाडि बढाउनको लागि एउटै मान्छेलाई निरन्तर गर्नु भन्दा नेतृत्व परिवर्तन गरेर लग्यो भने राम्रो पनि हुन्छ । त्यसैले चुनाव गर्नुपर्छ भनेर भन्न चाहन्छु ।

कलाकार साथीहरुको हकमा सबैमा आफ्नो स्वविवेक हुन्छ । स्वविवेक प्रयोग गर्नुहोला । म पनि अध्यक्षका लागि उम्मेदवार हुँ, मलाई नै दिनु भन्दिन । जो सक्षम छ, जसले सांस्कृतिक संघलाई नयाँ उचाइमा पुर्याउन सक्छ, जसले संस्थालाई एउटा विधिसम्मत लान सक्छ त्यो मान्छेलाई बिचार गरेर भोट दिनु होला । एउटा सहानुभूति र लविङको भरमा भोट नदिनु होला भन्न चाहन्छु ।

प्रतिक्रिया दिनुहोस